२०८१ बैशाख १३ , बिहिवार

रोकिएन शेयर बजारको गिरावट

सुनाखरी न्युज / काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको पहिलो दिन आइतबार आज दोहोरो अंकले घटेको छ । आज नेप्से २३.८३ अंकले घटेर एक हजार ८ सय १५ दशमलब १३विन्दुमा बन्द भएको छ । बिहिबार नेप्से ९.८३ अंकले घटेर एक हजार ८ सय ३८ दशमलब ९६ विन्दुमा बन्द भएका थियो ।

 

त्यस्तै, शेयरबजार घटे पनि कारोबार रकममा भने सामान्य सुधार आएको छ । आज नेप्सेमा एक अर्ब ७ करोड २४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिबार नेप्सेमा ६५ करोड ५७ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । आज कारोबार भएका कम्पनीमध्ये १२ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १७४ वटा कम्पनीको शेयरमूल्य घटेको छ भने २ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । आज एक कम्पनीको शेयरमुल्यमा उच्च वृद्धि भएको छ । अभियान लघुवित्त वित्तीय संस्थाको शेयरमुल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ३४७.६० रुपैयाँ पुगेको छ ।

 

नेप्सेका अनुसार आज तेह्रथुम पावर कम्पनी र कुमारी धनवृद्धि योजनाको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ७प्रतिशत भन्दा बढीले घटेको हो । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी लक्ष्मी बैंकको भएको छ । यसको आज २६ करोड २ लाखभन्दा बढीको कारोबार भएको छ ।