२०८१ बैशाख १५ , शनिवार

नाडा ईभीएक्स्पोमा टाटा मोटर्सको आजअन्तिम दिन, के भए त यीतीन दिन?

सुनाखरी न्युज / काठमाडौं । टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिंग प्रा.लि.ले नेपालीबजारमा नेपाल कै पहिलो नाडा ईभीएक्सपोमा आफ्ना नयाँ तथा अत्याधुनिक विद्युतीय गाडीहरु प्रदर्शनीमा राखिएको देखियो जसमा टिगोर ईभी, नेक्सन ईभी डार्क तथा नाडा ईभीएक्स्पोमा नै सार्वजनिक गरिएको नेक्सन ईभीप्राईम पनि थियो।

 

पहिलो दिन नाडा ईभीएक्स्पोको उद्घाटन संगै नेक्सन ईभीप्राईम सार्वजनिक गरियो जसमा अवलोकन गर्न आइपुग्नु भएका ग्राहकहरुको एकदम उत्साहजनक प्रतिक्रिया पाईयो।“न्यु फरेभेर“ को अवधारणा अनुरुपनिर्माण गरिएको यो गाडीमा मल्टी–मोड रिजेन, रिजेनमा स्वचालित ब्रेक ल्याम्प एक्टिभेसन, क्रुज कन्ट्रोल, टायर प्रेसर मनिटरिंग सिस्टम र ११० सेकेन्डको चार्जिंग टाइम आउट जस्ता समुन्नत विशेषताहरु छन् ।“हामीले ईभी हेर्न आउनु हुने ग्राहकहरुमा गाडीको प्रविधि र बिक्रिपश्च्यातका सेवा सुविधाबारे बुझ्नआउनुहुने भेट्यौं जहाँ गाडीको बारे वहाँ हरु आफै जानकार हुनुहुन्थ्यो। गाडीको मूल्य भन्दा पनि चार्जिंग एप, चार्जिंग स्टेसन, चार्जर, र सर्भिसिंगको जिज्ञासा राख्नेहरुको जमातनिकै भेटियो।“, सिप्रदीका कर्मचारी भन्छन ।

 

बिहिबार शुरु गरिएको ईभीएक्स्पो चार दिन सम्म चल्ने हुँदा हरेक वर्ग तथा उमेरका ग्राहकहरुको सहभागिता भेटियो। काठमाडौँस्थित भृकुटीमण्डपको प्रदर्शनीहलमा राखिएकाविभिन्न ब्राण्डका दुई पाङ्ग्रे तथा चार पाङ्ग्रे लगायत अटो पार्ट्सका स्टलहरु पनि राखिएका छन् ।“त्यसैगरि ईभी मै स्पेयर टायर का साथ् मा चार्जिंग बक्स र चार्जिंग किट टाटा मोटर्सको तर्फबाट मात्रै भेटें मैले त। गाडी त निकै बलियो र राम्रो छ, चाडैं घर लैजानपाएको भएअझै रमाइलो हुने थियो। “, नाडा ईभीएक्स्पो बीच भेटिएका अवलोकनकर्ताको भनाई ।