२०८० चैत्र १५ , बिहिवार

युनाईटेड क्लवको अध्यक्षमा पुनः राजु श्रेष्ठ

सुनाखरी न्युज / पोखरा । युनाईटेड क्लवको अध्यक्षमा राजु श्रेष्ठ निर्वाचित भएका छन । युनाइटेड क्लव पोखराको १३ औ साधारण सभा तथा छैठौ अधिवेशनले पुनः राजु श्रेष्ठको अध्यक्षतामा नयां कार्यसमिति चयन भएको छ ।

 

श्रेष्ठ दोश्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन । शनिवार सम्पन्न क्लवको अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा लोक बहादुर थापा, प्रथम उपाध्यक्ष गणेश तिमिल्सिना, द्वितीय उपाध्यक्ष शान्ता बहादुर थापा, महासचिवमा दिनेश सुनार, कोषाध्यक्षमा सुर्य बहादुर बानिँया,सचिव पुर्णकला पोख्रेल र सह कोषाध्यक्षमा सीमा गुरुङ सर्वसम्मत चयन भएका छन । त्यसैगरी सदस्यहरुमा सन्तोष कार्की, विष्णु कुमार गुरुङ, जयराम आचार्य, पुर्णकुमार श्रेष्ठ, दीवानी सुवेदी, चन्द्र कुमारी पराजुली,शिव थापा, पदम बहादुर कार्की (बिजय) र शान्ति सुवेदी चयन भएका छन । क्लवका संस्थापक अध्यक्ष हिमालय बख्रेल निर्वाचन मंडलको संयोजक र सदस्यहरुमा निवर्तमान अध्यक्ष लालकाजी गुरुङ , पुर्व अध्यक्ष सुक बहादुर गुरुङ, सल्लाहकार राजेन्द्र थापा र पवित्रा गुरुङ सदस्य रहेको निर्वाचन मंडलले नव निर्वाचित पदाधिकारिहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए ।

 

अधिवेशनको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका उप प्रमुख मञ्जुदेवी गुरुङले युनाईटेड क्लव पोखराको एक उत्कृष्ट काम गर्ने सामाजिक संस्था भएकाले क्लवले गर्ने कुनैपनि काममा महानगरले सहकार्य गरेर अगाडि बढ्ने वताईन । कुनैपनि संघ संस्थाले समाजिक काम संगै युवाहरु लक्षित योजनाहरुलाई समेटेर अगाडि वढेमा मुलुक समृद्धि तर्फ अगाडि वढ्ने उनको भनाई रहेको थियो । युनाईटेड क्लवका अध्यक्ष राजु श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लका संस्थापक अध्यक्ष हिमालय बख्रेल, पोखरा महानगरपालिका वडा नम्वर १० जप्रितिनिधी परमेश्वर कार्की, अमरसिंह मा. वि.का प्रध्यानाध्यापक तेजस्वी बराल, क्लवका सल्लाहकार लिला बहादुर जिसि लगायतले वोलेका थिए ।

कार्यक्रममा १२ कक्षा उतीर्ण क्लवका आजिवन सदस्यका छोराछोरिहरुलाई बधाई तथा सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा शुभेच्छा बाँनिया, आयुशा थापा, सिद्वार्थ थापा, प्रकृति पोख्रेल, अभिषेक कार्की, प्रतीक्षा के. सी. र प्रतीक्षा थापा रहेका छन । कार्यक्रममा अध्यक्ष राजु श्रेष्ठले अध्यक्षको प्रतिवेदन, महासचिव शान्ता बहादुर थापाले महासचिवको प्रतिवेदन र कोषाध्यक्ष सुर्य बहादुर बानियाले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिएभने कार्यक्रममा प्रथम उपाध्यक्ष लोक बहादुर थापाले स्वागत मन्तव्य राखेका थिए ।