२०८२ चैत्र ३ , मंगलबार

पवित्रको १२ औं स्थापना दिवसमा खाद्यान्न सहयोग

सुनाखरी न्युज / पोखरा । पोखरा–९, पृथ्वीचोकमा कार्यलय रहेको रानाभाट तथा भाट समाजद्धारा स्थापित पवित्र बचत तथा ऋण सहकारी संस्था लिंले स्थापनाको १२ औं वर्ष खाद्यान्न सहयोग गरी मनाएको छ ।

 

संस्थाले मादी गाउपालिका तारकाङ घर भई हाल पोखरा ३ नदिपुरमा वस्दै आउनु भएका दिर्घमान रानाभाटको परिवारलाई खाद्यान्न सहयोग गरेको छ । खाद्यान्न हस्तान्तरण गर्दै संस्थाका अध्यक्ष बुद्धिबहादुर रानाभाटले सहकारीले सामाजिक उत्तरदायित्व अन्र्तगत हरेक वर्ष स्थापना दिवसको अवसरमा व्यक्ति तथा संस्थाहरुलाई खाद्यान्न सहयोग गर्दै आएको वताएका थिए ।

 

सो अवसरमा सहकारीका संस्थापक सचिव तथा सल्लाहकार कृष्ण रानाभाट, उपाध्यक्ष गुप्तबहादुर रानाभाट, सचिव चन्द्रु रानाभाट, कोषाध्यक्ष एकेन्द्र वञ्जराभाट, ऋण उपसमिति संयोजक यामबहादुर रानाभाट, सदस्यहरु रेवती अधिकारीभाट, लेखनाथ रानाभाट, प्रवन्धक संगिता रानाभाट र कार्यालय सहायक अप्सरा रानाभाटको उपस्थिति रहेको थियो ।