२०८१ बैशाख १४ , शुक्रवार

कुमारी बैंकको “11% KBL Debenture 2089” को बाँडफाँड

सुनाखरी न्युज / काठमाडौं । कुमारी बैंक लिमिटेडले १० (दस) वर्षे अवधि तथा वार्षिक ११% व्याजदर भएको “११% केबिएल डिबेन्चर २०८९” को रु.१,००० अंकित दरको ३०,००,००० कित्ता ऋणपत्रको निष्काशन गरेको थियो ।

उक्त ३ अर्ब बराबरको ऋणपत्र मध्ये १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवर बाट बिक्री गरिने तथा १२ लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि सार्वजनिक निष्काशनबाट बिक्री गरिने भएको थियो । सर्वसाधारण नेपालीको लागि मिति २०७९÷०५÷१७ गते देखि मिति २०७९÷०५÷३१ गतेसम्म निष्काशन तथा बिक्री खूल्ला गरिएको थियो । व्यक्तिगत तथा सार्वजनिक गरी जम्मा ३ अर्ब बराबरको निष्काशनमा ३ अर्ब १५ करोड बराबर को आवेदन प्राप्त भएको हुँदा, रित पुर्वक आवेदन दिने सम्पूर्ण आवेदकहरुलाई मिति २०७९÷०६÷०७ गते शुक्रबारका दिन ३० लाख कित्ता ऋणपत्र सार्वजनिक निष्काशन तर्फ माग भए बमोजिम तथा व्यक्तिगत तवरमा आवेदन आएकोमा समानुपातिक आधारमा बाँडफाँड गरिएको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।

 

आफ्ना देशव्यापी १९९ शाखा सञ्जाल, १९५ एटिएम, ५३ शाखारहित बैंकिङ्ग ईकाई तथा ३४ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक सेवा सुविधाहरु प्रदान गर्दै आएको कुमारी बैंकले आगामी दिनहरुमा अझ सुरक्षित, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लग्ने प्रतिबद्धता जनाएको छ ।