२०८१ बैशाख ६ , बिहिवार

आफ्नै निवासमा झुण्डिएको अवस्थामा मृत भेटिए कलाकार राजु महोत्रा

सुनाखरी न्युज / बुटवल – रुपन्देहीको देवीनगरमा कलाकार राजु महोत्रा झुन्डिएको अवस्थामा मृत फेला परेका छन । स्थानीय कलाकार राजु गए राति करिब २ बजेतिर आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।

 

करिब ३५ वर्षीय महोत्रा बिहीबार सांझ गायक नन्दु परियार लगायतसँग आफ्नै घरमा खाना खाएर सुतेका थिए । महोत्राको शव पोष्टमार्टमका लागि लुम्बिनी प्रदेशिक अस्पताल पुर्‍याइएको र घटनाबारे अनुसन्धान अघि बढेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।उनले दर्जनौँ म्युजिक भिडियो निर्माण र अभिनय गरेका थिए ।

 

महोत्राकी श्रीमती पनि म्युजिक भिडियोमा अभिनय गर्छिन् । महोत्रा कलाकारितासँगै विभिन्न व्यवसायमा पनि आवद्ध थिए ।