२०८१ बैशाख २३ , आइतवार

अनुसँग वैवाहिक जिवनमा बाँधिदै अभिनेता बुद्धि तामाङ ‘हैट’

सुनाखरी न्युज / काठमाडौं – अभिनेता बुद्धि तामाङले शुक्रबार बिहे गर्ने भएका छन्। ‘हैट’ थेगोले चर्चा कमाएका तामाङले भोलि असोज ७ गते मकवानपुरकी अनु थिङ तामाङसँग तामाङ परम्पराअनुसार लगठगाँठो कस्न लागेका हुन्।

 

भक्तपुर कौशलटारको एक पार्टी प्यालेसमा हुन लागेको बिहेमा दुवै पक्षका परिवारका सदस्यहरु उपस्थित हुनेछन् ।‘कबड्डी’ फेम्ड अभिनेताले मागी विवाह गर्न लागेका हुन् ।

 

तामाङले ८० वटा भन्दा बढी नेपाली चलचित्र, म्युजिक भिडियो, नाटकमा अभिनय गरिसकेका छन्।३० वर्षीया थिङ स्नातक अध्ययनरत विद्यार्थी समेत हुन् । परिवारकै माध्यमबाट उनीसँग भेटेको बुद्धिले जानकारी दिए ।