२०८१ बैशाख ४ , मंगलबार

वीर अस्पताल क्षेत्रका अनधिकृत संरचनामाथि महानगरले चलायो डोजर , व्यवसायीले हतार हतार सामान निकाले

सुनाखरी न्युज / काठमाडौं –  काठमाडौं महानगरपालिकाले वीर अस्पताल क्षेत्र वरपर बनेका अनधिकृत संरचना हटाउन सुरु गरेको छ। अस्पतालको भवनदेखि उत्तर तर्फ रहेका अनधिकृत संरचना डोजर लगाएर हटाउन सुरु गरिएको महानगरले जनाएको छ ।

 

डोजर चलाइएका पसलहरुमा फार्मेसीहरु संचालनमा थिए। महानगरले डोजर ल्याएपछि औषधि व्यवसाय गर्दै आएकाहरुले हतारहतार आफ्ना सामान निकालेका थिए।

 

डोजर चलाउनु अघि सो क्षेत्रमा रहेका टहराहरु हटाउन महानगरले सूचना जारी गरेको थियो । तर अटेर गरेर सो क्षेत्रमा औषधि लगायतका पसलहरु सञ्चालनमा रहेपछि बाध्य भएर डोजर लगाएर हटाउनु परेको महानगरको भनाइ छ ।