२०८१ बैशाख ४ , मंगलबार

को हुन लाल मोहमम्द हत्याका मुख्य योजनाकार, गेष्ट हाउसमा बसेर गरेका थिए निगरानी

 

सुनाखरी न्युज /काठमाडौं – काठमाडौंको गोठाटारमा हत्या गरिएका लाल मोहम्मदको हत्यामा हुण्डि कारोबार पनि जोडिएको प्रहरीको आशंका छ। अहिलेसम्मको अनुसन्धानमा भारतीय जालि नोट र हुण्डिको रकम लुटिएको कारण हत्या गरिएको आशंका भएको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ।

 

हत्याको अनुसन्धानका लागि प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० जनकराज भट्टराई नेतृत्वमा गठित अनुसन्धान समितिले मोहम्मदको हत्यामा भारतको दिल्ली घर भइ नेपाल बस्दै आएका नितिन मदनको संलग्नता भेट्टाएकोे छ ।लाल मोहम्मदले भारतीय आपराधिक पृष्ठभूमिका व्यक्तिसँग मिलेर यी नै दुई कारोबारमा संलग्न भएको खुलेपछि यीनै कारण हत्या गरिएको प्रहरीको अनुमान छ। अनुसन्न्धानका क्रममा एक वर्ष पहिले हुण्डिकारोबारमा लफडा परेको पाइएको स्रोतको दाबी छ।

 

एक वर्ष पहिले नितिन मदनको हुण्डिको रकम लुटपाट भएको थियो। उनी काठमाडौंमा मोहम्मदसँग मिलेर हुण्डिको कारोबार गर्थे। यसका मुख्य योजनाकार भने भारतका गुलाम खान रहेको प्रहरीको दाबी छ।भारतविरुद्ध गतिविधि गरेको आरोपमा जति पनि नेपाली मारिएका छन्, उनीहरुको हत्यामा छोटा राजन वा बब्बु श्रीवास्तवको समूह प्रयोग हुने गरेको इतिहास छ ।

 

कारागारमा युनुस अन्सारीलाई मनमित सिंहले गोली हान्दा नेपाल प्रहरीका एक अधिकृतलाई छोटा राजन बताउने व्यक्तिले फोन गरेर आफूले मार्न लगाएको बताएका थिए । जमिम शाहको हत्यामा बब्लु श्रीवास्तवको समूहको संलग्नता देखिएको थियो । छोटा राजन र बब्लुलाई भारतीय खुफिया एजेन्सीले प्रयोग गर्ने गरेको विभिन्न समयमा गठित छानविन समितिका प्रतिवेदनहरुको निष्कर्ष छ । लाल मोहम्मद हत्यामा पनि त्यही दोहोरिएको देखिएको अनुसन्धान अधिकृतहरु बताउँछन् ।