२०८० चैत्र १६ , शुक्रवार

श्रीमतीको हत्या गरेर श्रीमान् फरार, छोरी घाइते

सुनाखरी न्युज / कैलाली – कैलालीमा श्रीमतीको हत्या गरी श्रीमान फरार भएका छन्। जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर ५ मा शेरबहादुर नामजाली मगरले श्रीमतीको हत्या तथा छोरीलाई पनि घाइते बनाई फरार भएका हुन्।

 

इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक डीएसपी रविन्द्र पाण्डेले ललिता बिहीबार बिहान हत्या गरेको अवस्थामा शव भेटिएको बताए ।

 

 

ललिताकी १७ वर्षीय छोरीसमेत घाइते छन् । उनीमाथि पनि धारिलो हतियार प्रहार भएको डीएसपी पाण्डेले बताए । घाँटीमा चोट लागेकी उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।शेरबहादुरको खोजी कार्य भइरहेको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।