२०८० चैत्र १५ , बिहिवार

नेप्सेमा दोहोरो अंकको सुधार, कारोबार रकम ७२ करोडमा सीमित

सुनाखरी न्युज/ काठमाडौं ।

३० भदौदेखि गिरावट सुरु भएको नेप्सेमा पाँचौ कारोबार दिनमा आएर सुधार भएको छ । नेपाल बैंकर्स संघको ३० भदौ बिहान बसेको बैंठकले निक्षेपको ब्याजदरमा गरेको भद्र सहमति खारेज गर्दै १२.१३ प्रतिशत ब्याजदर पुर्‍याउने निर्णय गरेपछि सोही दिनदेखि नेप्सेमा गिरावट सुरु भएको थियो ।

आज पाँचौ कारोबार दिनमा भने नेप्सेमा दोहारो अंकको सुधार भएको छ । बुधबार बजार परिसूचक नेप्से ११.२२ अंकले वृद्धि भएर १८४८.८२ अंकमा बन्द भएको छ । बुधबार नेप्सेमा सबै उपसूचकमा वृद्धि हुँदा म्युचुअल फण्ड उपसूचक भने ०.४४ प्रतिशतले घटेको छ ।

 

नेप्सेमा सुधार भएपनि बुधबार कारोबार रकम भने घटेको छ । २६ भदौमा ७५ करोडमा सीमित भएको कारोबार रकम त्यसपछि बढेर यो साता आइतबार र मंगलबार १ अर्ब नाघेको थियो । तर, बुधबार भने ७२ करोड १३ लाखमा सीमित भएको छ । नेप्सेले असारदेखि भदौसमम शुक्रबार दुई घण्टाको लागि कारोबार सञ्चालन गर्दा ७२ करोडभन्दा कमको कारोबार भएपनि ४ घण्टा नै बजार सञ्चालन हुँदाको कारोबार रकम भने कोभिड(१९ पछि नेप्सेमा बुलिस ट्रेन्ड सुरु भएयताकै न्यून हो ।