२०८१ बैशाख ४ , मंगलबार

खोलामा डुबेर एक महिलाको मृत्यु

 

सुनाखरी न्युज /उदयपुर – उदयपुरको त्रियुगा नगरपालिका– ३ कि २२ वर्षीय लक्ष्मी सदाको त्रियुगा खोलामा नुहाउने क्रममा अचानक खोलामा डुबेर ज्यान गएको खबर आएपछि जिल्ला प्रहरी कार्यालय उदयपुरबाट प्रहरी टोली घटनास्थल पुगेको थियो ।

 

अत्याधिक गर्मी छल्न खोलामा नुहाउने क्रममा डुबेर एक महिलाको ज्यान गएको छ ।

 

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।