२०७९ मंसिर २१ , बुधवार

जबरजस्ती करणी र सामूहिक करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

सुनाखरी न्युज / काठमाडौं । जबरजस्ती करणी र सामूहिक करणी मुद्दाका फरार प्रतिवादी नुवाकोट पञ्चकन्या गाउँपालिका-३ बस्ने ४३ वर्षीय अर्जुन कार्कीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

 

मादक पदार्थ सेवन गरी २०६४ पुस ५ गते साँझ नाबालिकालाई जबरजस्ती करणी र सामूहिक करणी गरेको मुद्दामा जिल्ला अदालत ललितपुरको २०६५ फागुन ४ गतेको फैसलाले जबरजस्ती करणी मुद्दामा ५ वर्ष र सामूहिक करणी मुद्दामा थप ५ वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्ज काठमाडौंबाट खटिएको प्रहरीले नुवाकोट पञ्चकन्या गाउँपालिका-३ बाट पक्राउ गरेको हो ।

 

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत नुवाकोटमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय नुवाकोट पठाइएको छ ।