२०८१ बैशाख ७ , शुक्रवार

सुनचाँदीको भाउ घट्यो

सुनाखरी न्युज/ काठमाडौं । साताको दोस्रो दिन सोमबार सुनको भाउ ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेको हो।

 

यो सँगै प्रतितोला फाइन गोल्ड ९१ हजार ४०० रुपैयाँ र तेजाबी गोल्ड ९० हजार ९०० रुपैयाँ कायम भएको छ। हिजो आइतबार सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९१ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

 

आज चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेर १ हजार १७५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा १५ रुपैयाँले बढेर चाँदी १ हजार १८५ रुपैयाँमा किनबेच भएको थियो।