२०८० चैत्र १५ , बिहिवार

साफ महिला च्याम्पियनसिपको फाइनलमा आज नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदै

सुनाखरी न्युज/ काठमाडौं । साफ महिला च्याम्पियनसिप फुटबलको फाइनलमा आज (सोमबार) नेपाल र बंगलादेश भिड्ने भएका छन् । खेल साँझ ५ बजे काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुने भएकाे हाे ।

 

महिला साफ फुटबल सुरु भए यता प्रतियोगिताले नयाँ च्याम्पियन पाउँने भएका छन् । यसअघि हरेक संस्करणको उपाधि भारतले जितेको थियो । तर यसपटक भने भारत सेमिफाइनलमा नेपालसँग १- ० ले पराजित भएपछि नयाँ च्याम्पियन आउने बाटो खुलेको हो । भारतलाई पराजित गर्दै फाइनलमा पुगेको नेपाल साेमबार उपाधि जित्दै नयाँ इतिहास रच्ने अभियानमा रहेको छ ।

 

सेमिफाइनलमा भुटानलाई पाखा लगाएको बंगलादेशले पनि समूह चरणमा भारतलाई पराजित गरेको थियो । साेमबारको फाइनल खेलमा पनि बंगलादेश आफ्नो उत्कृष्ट लय जारी राख्दै उपाधि जित्न चाहेकाे छ ।