२०८१ बैशाख १८ , मंगलबार

कामना सेवा गेट वे पेमेन्ट सर्भिस सँग सम्झौतागर्ने पहिलो विकास बैंक

सुनाखरी न्युज/ काठमाडौं । कामना सेवा विकास बैंक, आफ्नो सेवा सुविधा विस्तार गर्ने क्रममा युनीफाईड पेमेन्ट इन्टर्फेस् नेपालसँग आबद्ध रहेको गेट वे पेमेन्ट सर्भिस प्रा. लि. सँग सम्झौतागर्ने नेपालकै पहिलो विकास बैंक बनेको छ।

 

शुक्रबार बैंकको केन्द्रीय कार्यलय ज्ञानेश्वरमा सम्झौता सम्पन्न भएको हो । सेवा सुरु भए पश्चात प्रथम चरणमा भारतमा रहेका नेपालीले युपी आइमार्फत कामना सेवा विकास बैंकमा रहेकै बैंक खातामा सोझै रकमान्तर गर्न एवं भारतीय पर्यटकले कामना सेवा विकास बैंकका मर्चेन्टहरुमा भारतीय बैंककै एपमार्फत QR कोड स्क्यान गरी रकम भुक्तानी गर्न सक्ने पनि बैंकले जनाएको छ ।

 

यस सेवाले भारतबाट प्राप्तहुने विप्रेषण सेवालाई अझप्रभावकारी बनाउन मद्दत गर्ने विश्वास बैंकले लिएको छ ।