२०८१ बैशाख १३ , बिहिवार

नेपाल लाइफको नगद लाभांश दिने घोषणा

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनी सञ्चालक समितिको बिहीबार बसेको बैंठकले आर्थिक वर्ष २०७७-७८ को मुनाफबाट सेयर धनीलाई वितरण गर्ने लभांश प्रस्ताव गरेको हो ।

कम्पनीले सेयरधनीलाई हाल कायम चुक्ता पूँजी ८ अर्ब २० करोड ७९ लाख ६६ हजार ५५४ रुपैयाँको १५.७८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

 

प्रस्तावित लाभांश बीमा समितिको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयर धनीमा वितरण हुनेछ ।