२०८० चैत्र १५ , बिहिवार

पुरुन्चौरमा अन्तर क्लब भलिबल प्रतियोगिता हुने

गोविन्द तिमिल्सिना / हेमजा ।नव सृजनशिल युवा क्लब पोखरा १९ पुरुन्चौरको आयोजनामा अन्तर क्लब भलिबल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता आगामी असोज १० गतेदेखि १२ गतेसम्म भारती भवन माविको खेलमैदानमा हुने छ ।

 

सृजनशिल युवा ज्ञान , सिप र कला भन्ने मूल नाराका साथ प्रतियोगिता आयोजना गरिएको हो । भलिबलको माध्यमबाट स्वस्थ नागरिक उत्पादन गरी समाज र राष्ट्रमा नै पहिचान गराउने प्रतियोगिताको उद्देश्य रहेको छ । प्रतियोगिता मार्फत भलिबल खेलको अस्तित्व कायम राख्दै युवा क्लब बिच सम्बन्ध सुधार गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिताको विजेताले रु. ५१ हजार पाँच सय ५५, उपविजेताले रु.३१ हजार १ सय ११ साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् ।

 

त्यस्तै उत्कृष्ट खेलाडीले नगद रू १०,००० प्राप्त गर्नेछन् ।प्रतियोगितामा घैटो फुटाउने, कुर्ची दौड र केराउ गन्ने प्रतियोगिता रहेको आयोजकले जनाएको छ । प्रतियोगितामा विजयी हुने प्रतियोगीलाई उचित पुरस्कारको व्यवस्था गरिएको छ ।