२०८१ बैशाख ४ , मंगलबार

चिनियाँ राष्ट्रपति सी आज उजवेकिस्तानमा जाँदै

सुनाखरी न्युज/ काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ आज (बुधबार) कोरोना संक्रमणपछिको पहिलो विदेश भ्रमणमा निस्कन लाग्नु भएको छ ।

 

उजवेकिस्तानमा बिहिबारदेखि सुरु हुने सांघाई कोअपरेसन फोरमको शिखर सम्मेलनमा सहभागी हुने क्रममा राष्ट्रपति सी त्यस क्षेत्रका देशहरुको भ्रमणमा निस्कन लाग्नु भएको हो । राष्ट्रपति सी बुधबार काजकस्तान पुग्नु हुने भएकाे छ ।उहाँकाे बिहिबार उजवेकिस्तान जाने कार्यक्रम रहेकाे छ । साेही शिखर सम्मेलनका क्रममा सी र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीचमा समेत महत्वपूर्ण बैठक हुने जनाइएकाे छ ।

 

गत फेब्रुअरीमा युक्रेनमाथि रुसी हमला हुनुअघि ओलम्पिक महोत्सवको उद्घाटनका दिन अचानक बेइजिङ पुगेर पुटिनले सीसँग भेटवार्ता गर्नुभएको थियो । युक्रेनमाथि रुसको हमला र त्यसपछिको समयमा विश्वमा धेरै नै उथलपुथलकारी घटनाहरु भएकाले सी र पुटिनबीचको भेटलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ । साङहाइ कोअपरेन फोरम युरोएशियाली देशहरुबीच राजनीतिक, आर्थिक र सुरक्षा सम्बन्ध मजबुत बनाउने उदेश्यले चीनले सुरु गरेको संगठन हो ।

 

जसमा चीन, रुस, काजकास्तान, किर्गिस्तान, ताजकस्तान र उजवेकिस्तान सदस्य रहेका छन् । इरान पनि त्यसमा सहभागी हुने तयारीमा रहेको छ । साेही सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि पर्यवेक्षकका रुपमा सहभागी हुनुहुने भएकाे छ । प्रधानमन्त्री मोदीले चिनियाँ राष्ट्रपति सी र रुसी राष्ट्रपति पुटिनसँग समेत बैठक गर्ने कार्यक्रम तय भएकाे जनाइएकाे छ ।