२०८१ बैशाख ७ , शुक्रवार

राप्रपाको वैचारिक दर्शन,निति र सिद्धान्त

जनकराज पाठक – माता सीता र भगवान बुद्ध को पवित्र जन्मभुमि नेपालको सभ्यता र इतिहास वास्तवमै गौरव गर्न लायक छ।मंगोलहरुको संस्कृति,किरातहरुको विरता,मिथिला सभ्यताको विरासत,सिम्रौनगढको वैभवसालि संस्कृति,सिंजा राज्यको शाहस,गौरवमय नेवारी परम्परा र वस्तुकला अनि संस्कृतिको संयोजनको स्वरुप नेपाल हो।

 

यो सम्पूर्ण लाई एउटै मालामा उनेर एक राष्ट्र वनाउने आफ्नो परिकल्पना लाई राष्ट्र निर्माता पृथ्वीनारायण शाहाले साकार तुल्याय। राप्रपाको राष्ट्रियताको अवधारणाले राष्ट्रमा रहेको विविधता विच एकता कायम गर्ने छ।यहि दृष्टिकोण समावेशि राष्ट्रियता हो।राज्य शक्ति र राज्य संचालनमा सवै क्षेत्र र जातजातिको समानुपातिक पहुच कायम गर्ने लक्ष्य दृढताका साथ राप्रपाले लियको छ।पुराना संस्थाहरु र यिनमा निहित मानवतावादी संस्कृतिको प्रयोग र रुपान्तरण समावेशी राष्ट्रियताको आधारस्तम्भ हो।धर्म र संस्कृति जिवन्त राष्ट्रका पहिचान हुन।सदियौ देखि सनातन हिन्दु राष्ट्र रहिआयको नेपालले पछिल्लो समय सम्म विश्वाको एकमात्र हिन्दु राष्ट्रि भनेर आफ्नो स्पष्ट पहिचान कायम गरेको थियोे । ९२% भन्दा वढि जनता सनातन धर्मावलम्बी भयको नेपाल लाई जबर्जस्ती ढंगमा धर्म निरपेक्ष राष्ट्र घोषणा गरियो।घोषणा मात्र गरियन कि हाम्रो सदियौ देखिको महत्त्वपूर्ण पहिचान समेत मेटाइयो।

 

यो संविधान वन्दै गर्दा संविधानसभामा राप्रपाले धर्मनिरपेक्षको प्रावधान हटाउन संशोधन दर्ता नगरेको हैन तर राप्रपाको आकार सानो भयको कारण त्यसको सुनुवाइ भयन।यसर्थ यो संविधान संग हाम्रो आलोचनात्मक सम्बन्ध छ। यहि संविधान निर्माणमा पनि कतिपय विषयहरुमा हाम्रो समर्थन पनि रह्यो यसर्थ यसको संशोधन हाम्रो माग हो।संविधानले नेपाल लाई गणतन्त्र,धर्मनिरपेक्ष र संघियतामा पहिचान दिइरहदा हामीले हाम्रो विधानमा वा कुनै पनि आधिकारिक दस्तावेजहरुमा यसलाई स्थान दियका छैनौ।हाम्रो भनाइ र मागलाई कार्यान्वयन गराउन जनता लाई साथमा लियर हिडने हाम्रो मुख्य नीति हो। हाम्रो गौरवसालि इतिहास,सनातन धर्मसंस्कृति,र राजसंस्थाको जगमा खडा रहेर यो सदाव्तिको समृद्ध नेपाल वनाउने हाम्रो प्रतिवद्दत हो।

 

जनताको आधारभूत मानव अधिकार सुरक्षित गरि,स्वतन्त्रता र समानताका आधार लाई सुदृढ तुलाउने,देशको सार्वभौमसत्ता,अखण्डता र स्वतन्त्रता लाई अक्षुण राखि सवल र समृद्ध नेपाल निर्माण गर्ने हाम्रो परिकल्पना हो।नेपाल लाई दुर्ततर गतिमा विकास गरि यहाको अथाह सम्पदाको सदुपयोग वाट आधुनिक र समृद्ध नेपाल निर्माण गर्ने हाम्रो उदेश्य हो। संविधाका केही प्रावधान हरु प्रति हाम्रो असहमति को वावजुद,संवैधानिक व्यवस्था संग सहकार्यको आधारमा लोकतन्त्रको संरक्षण तथा सुदृढीकरण गर्ने र स्वतन्त्र एवं सक्षम न्याय प्रणाली द्वारा कानुनी राज्य कायम गर्ने लक्ष्य र उदेश्य लियको राप्रपा प्रजातन्त्र मात्र हैन वहुलवादी प्रजातन्त्रमा विश्वास गर्छ।

 

मानवजातीको उच्चतम आदर्शमा निहित न्याय,समानत र मानवतामा अडेको नेपालकै सनातन धर्म, संस्कृति, परम्परा, इतिहास र संस्थागत निरन्तरता लाई संवर्धान वादको रुपमा लिन्छौं भने आर्थिक राजनीतिक र प्रतिस्पर्धात्मक अर्थतन्त्र तथा वहुलवादी प्रजातन्त्रमा आधारित सस्क्तिकरणका कारण संस्थागत प्रक्रिया लाई प्रगतिशील उदारवाद को रुपमा हेर्छौ।यो चिन्तनको संमिश्रण र संयोजन हामिले भनेको उदारवाद हो।यो चिन्तनले हामी यस्तो नया समाज वनाउछौ जाहा जनता लाई गरिव वाट मुक्त गरायन सरकार सक्रिय रहन्छ।जहाँ परम्परा र आधुनिकता विच विभेद नभइ समानता हुन्छ।जहाँ प्रतिस्पर्धाको नाममा निस्कने असमानता लाई नियन्त्रण पनि गरिन्छ।जहाँ राज्यले जनता लाई मुख वन्द हैन बहि गर्न प्रोत्साहन गर्छ।राज्य वाट जनता डराउने हैन,सुरक्षित महसुस गर्छन।मुलुकको इतिहास,जातजाति र भुगोल लाई संगाल्छौ।धनी संस्कृतिको विरासत जोगाउछौ।धर्मको मानवतावादी दृष्टिकोण लाई मान्यता दिदै त्यसलाई हाम्रो चरित्र र आचरणको जग मान्छौ।परम्परागत संस्था लाई आदर र कदर गर्छौ।

 

यो सवैले वनेको हाम्रो परिचय नेपाली हो।यो परिचय लाई संरक्षण गर्दै मुलुक चलाउने हाम्रो दर्सन उदारवाद हो।यो एक राजनीतिक दर्सन हो।यसले जनताको व्यक्तिगत स्वतन्त्रता र सवै जनता विच समानताको वकालत गर्छ।प्रजातन्त्र,आवधिक निर्वाचन,मानव अधिकार,समानता र स्वतन्त्रताको समस्टिगत विकास यसको रुप हो।हरेक व्यक्ति लाई संरक्षण गर्दै पुर्ण क्षमता हासिल गराउने र एकले अरुको हक हनन नगरि स्वतन्त्रता पुर्वक जिउन पाउने अवधारणा उदारवाद ले दिन्छ।सवै विच समानता कायम गर्दै,आर्थिक र समाजिक विवेध हटाउने,कलंकको रुपमा रहेको छुवाछूत जस्तो प्रथा लाई सदाको लागि अन्त्य गर्ने,र अवसरमा समानता लाई सरकारि कर्तव्य ठान्छ उदारवाद ले। छोटकरीमा हाम्रो उदारवादले ठूलो माछाले सानो माछा लाई खान दिदैन,सनो माछा लाई ठुलो वनायर प्रतिस्पर्धामा उतारिन्छ।वहुमतले शासन गर्छ अल्पमत प्रतिपक्षमा रहन्छ तर अल्पमतको पुर्ण सम्मान गरिन्छ।वाक स्वतन्त्रता यसको प्राण हो।आर्थिक,समाजिक र राजनीतिक सुरक्षा सरकारले गर्छ उदारवाद मा।

 

वजारमा स्वस्थ प्रतिस्पर्धा हुनदिन उदारवाद ले सवैखाले कार्टलिङ,सिन्डिकेट र मनोपलि खारेज गर्दै उध्योग र व्यापारीक क्षेत्रका सवै झंझटिला प्रक्रिया हटाउछ।मुख्य भ्रष्टाचार लाई शून्य सहनसिलतामा स्थापित गर्छ।यसमा शिक्षा र सीप विकासको दायित्व सरकारको हुन्छ,गरिबी न्युजिकरण र जिवनस्तर सुधार्ने दायित्व सरकारले नै लिन्छ।आज देखियको सरकारि प्रसासनमा दलिय हस्तक्षेपको कारण मुलुकको राजनीतिक अवस्था खस्कियको छ।हामी प्रशासनमा हस्तक्षेप को ह पनि रुचाउदैनौ। मलुक निर्माणमा उल्लेख्य योगदान गरेको ,युद्धमा परिवारका सदस्य समेत गुमाउदा पनि विचलित नभइ नेपाल एकिकरणको अभियानमा अग्रपंक्तिमा वसेर लडेका,प्रजातन्त्र प्राप्तिको निमित राजगद्दी दाउमा लगायका,मुलुक लाई नया विकास आयाम मा प्रवेश गरायका,विश्व सामु हामि शान्ति चाहान्छौ भन्ने प्रस्ताव पेश गरेका,विदेशी को एक इसारा मानेको भय सदाको निमित्त पाइने सत्ता समेत परित्याग गरेका,राजगद्दी परित्याग गर्दा समेत, हासिहासि पत्रकार सम्मेलन गर्न सक्ने अदम्य साहास वोकेका शाहा वंसिय परम्परागत राजसंस्था राप्रपाको आस्था हो।यसमा हामी अविचलित छौ।राप्रपा सम्पुण रुपमा राजसंस्था वादी हरुको पार्टी हो।

 

हामी छेपारो को रुपमा हैन चट्टनको रुपमा यसको पक्षमा छौ। आजको परराष्ट्र नीति केवल सत्ता जोगाउन केन्द्रीत छ हामि वडामाहाराधिराजको दिव्य उपदेश र वर्तमान अवस्थाको समेत सम्मिश्रणमा परराष्ट्र नीति हुनु पर्छ भन्नेमा दृढ छौ।नेपाल दुई ढुंगा विचको तरुल भन्ने उक्ति लाई अग्गाल्दै यो संग सहकार्य गर्दछौ। आजको राजनीति केवल सत्ताको निमित मात्र वन्दै गइरहेको छ।निति,सिद्धान्त र विचार वाट च्युत भयका हरुको हातमा मुलुक संचालनको साचो वारवार पुग्दा देश थप वरवाद हुँदै गइरहेको छ।वर्तमान लाई विश्लेषण गर्ने हो भने हाल विपरित विचारका दलहरु विचको गठवन्धन केवल सत्ता प्राप्तिको निमित्त मात्र हो।विपरित विचार भयका दल विचको गठवन्धन पवित्र छैन।प्रजातन्त्रमा खुला रुपले एक्लाएक्लै जनता माझ गईन्छ,जनताले जसलाई स्विकार्छ त्यो स्थापित हुन्छ।यहाँ आफ्ना गलत हर्कत हरु लुकाउन गठवन्धनको नाममा ठग हरुको वन्धन वनाइयको छ।

 

आश्चर्य यो छ गठवन्धन को निर्णय गठवन्धनले गर्दैन ,सिटको वाडफाड देखि भावि प्रधानमन्त्री समेत विदेशीले चयन गरिदिन्छ।यसको विरुद्धमा बलियो उपस्थितिको आज आवस्यक छ।यो आवस्यकता को खाडल केवल राप्रपाले मात्र पुर्ति गर्न सक्छ तसर्थ हामि हार्न हुदैन । ०४६ पछि हालसम्म राजनीतिमा क्रियासिल नेताहरुको सम्पति छानविन गरौ हामी तयार छौ भनेर चुनौती दिने डा.प्रकाशचन्द्र लोहनी,भ्रष्टाचार गरेर खानु आमाको रगत खाय सरह हो भनेर हिडने अध्यक्ष राजेन्द्र लिङदेन,विद्दान एवं सर्वकालिन नेता पशुपतिशमशेर जवरा,भद्र एवं सालिन व्यक्तित्व पुर्व प्रम लोकेन्द्रबहादुर चन्द, लगायत काविल नेताहरुले नेतृत्व गरेको राप्रपाको अनिवार्य उपस्थिति आजको आवस्यकता हो। यसर्थ अध्यक्ष ज्युको भनाइ अनुसार हामीलाई हार्ने छुट छैन। एक पटक,यहि पटक।।

✍️ पार्टीका विभिन्न कार्यक्रम हरुमा नेतृत्वको मन्तव्य तथा विभिन्न समयका दस्तावेज हरु लाई संगालेर संक्षेपमा तयार पारियको लेख।

(जनकराज पाठक) निर्वाचित केन्द्रीय सदस्य ।