२०८२ चैत्र १ , आइतवार

एक दर्जन ठेकदार कम्पनी तथा व्यवसायी कालोसूचीमा

सुनाखरी न्युज/ काठमाडौं । सरकारले झण्डै एक दर्जन निर्माण कम्पनीलाई एक वर्षदेखि डेढ वर्षसम्म कालोसूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले सोमबार सूचना प्रकाशन गर्दै कालोसूचीमा पर्ने कम्पनी र ठेकेदारको नाम सार्वजनिक गरेको छ ।

 

कालोसूचीमा पर्नेहरूमा पर्साको देवेन्द्र तेल उद्योग, अछामको धर्यता निर्माण कम्पनी काठमाडौँको किसन रक्तकाली पावर क्वालिटी जेभि, श्री माँ हर्कादेवी विल्डर्स नयाँबानेश्वर रहेका छन । यी कम्पनीलाई एक वर्षका लागि कालोसूचीमा राखिएको हो। त्यसैगरी कालोसूचीमा परेको प्यासिफिक कन्स्ट्रक्सन एन्ड कन्सल्टेन्सी वीरगन्जलाई एक वर्ष तीन महिना, श्री पृथ्वी कन्स्ट्रक्सन कैलाली सञ्चालकलाई एक वर्ष, श्री रन्नु भन्नु कन्स्ट्रक्सन एन्ड सप्लायर्स, जनकपुरलाई एक वर्ष, श्री रोज कन्स्ट्रक्सन, तार्केश्वर १, काठमाडौँलाई एक वर्ष कालोसूचीमा राखिएको छ ।

 

त्यस्तै श्री सानो भेरी निर्माण सेवा सिम्ली, मुसीकोटलाई एक वर्ष, श्री लामारच्याङ्गमिलारसुन्दरी जे.भी।., काठमाडौँलाई एक वर्ष ६ महिना कालोसूचीमा राखेको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ । विभिन्न सरकारी सार्वजनिक निकायहरूबाट लेखी आए बमोजिम मन्त्रीपरिषद् कार्यालयको २०७९ भदौ २६ गतेको निर्णयअनुसार सार्वजनिक खरिद ऐन, २०६३ को दफा ९ ६३ को उपदफा ९१० कालोसूचीमा राखेको कार्यालयले जनाएको छ ।

 

यो अवधिभर यी कम्पनीहरूले सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैन । यी कम्पनीले सडक, सहरी विकासको भवन, दुग्ध संस्थान लगायतको काम समयमा नगरेका कारण कालोसूचीमा राखिएको हो।