२०८१ बैशाख ११ , मंगलबार

गण्डकी प्रदेश स्तरिय प्याराग्लाइडिङ छनोटको तयारी पुरा

सुनाखरी न्युज/पोखरा। प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा प्रदेश खेलकुद प्रतियोगिता अन्र्तगत हुने प्याराग्लाइडिङ खेलको लागि खेलाडी छनोटको तयारी पुरा भएको छ ।

 

वर्षाका कारण स्थगित छनोट प्रतियोगिता भाद्र २३ गते विहिबार हुने भएको हो । छनोट प्रतियोगिता पोखरा सराङकोटमा हुन लागेको जानकारी दिंदै गण्डकी प्रदेश प्याराग्लाइडिङ संघका अध्यक्ष बसन्तराज दवाडीले सबै तयारी पुरा भएको जानकारी दिए ।

 

प्रतियोगितामा कास्की, स्याङजा र पर्वतका महिला तथा पुरुष गरी २१ खेलाडीहरुको सहभागिता रहने प्रदेश खेलकुदका सदस्य समेत रहेका दवाडीले जनाएका छन् । प्रतियोगिताबाट खेलाडी छनोट गरी आगामी असोज २८ देखि कार्तिक ३ गते सम्म गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता गराइने छ ।