२०८१ बैशाख ११ , मंगलबार

कुमारी बैंक र श्री कृष्ण पोलीक्लिनिक बीच सम्झौता

सुनाखरी न्युज/ काठमाडौं । कुमारी बैंक लिमिटेड र देवदह ०५, खैरेनी, रुपन्देहीस्थित श्री कृष्ण पोलीक्लिनिक प्रा.लि.बीच कुमारी बैंक लिमिटेडका ग्राहक महानुभावहरु लाई श्री कृष्ण पोलीक्लिनिक बाट प्रदानगरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ ।

 

यस सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहक महानुभावहरुले सो श्री कृष्ण पोलीक्लिनिकबाट सेवा लिए वापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट÷क्रेडिट कार्डबाट गर्दा ओपिडि  शुल्कमा ५०%, एक्स–रेमा१०%, ल्याब टेस्टमा १५%, प्रक्रिया÷ड्रेसिङ शुल्कमा १०% र औषधीशुल्कहरूमा३–५% छुट प्राप्तगर्न सकिनेछ। यस सुविधा बाट सेवा ग्राहीहरुले गुणस्तरिय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिनेमा बैंक विश्वस्त रहेको छ ।

 

कुमारी बैंकले आफ्ना देशव्यापी १९८ शाखा सञ्जाल, १९४ एटिएम, ५० शाखा रहित बैंकिङ्ग ईकाई तथा २४ एक्सटेन्सन काउन्टर बाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएको र आगामी दिनहरुमा अझ सुरक्षित, सरल, सुलभ तथाउत्कृष्ट सेवाप्रदानगर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमता लाई सुदृढ पार्दै लगिने प्रतिबद्धता जनाएको छ ।