२०८२ फाल्गुन २६ , मंगलबार

कामना सेवा विकास बैंकद्वारा डिजिटल विक सार्वजनिक

सुनाखरी न्युज/ काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई जिडिटल माध्यम मार्फत सहज र सरल तरिकाले भुक्तानी प्रोत्साहन गर्नको लागि आईतबार देखि भाद्र २४ गते शुक्रबार सम्म के एस डिजिटल विक सार्वजनिक गरेको छ ।

 

नगद छोडौं, डिजिटल रोजौं कार्यक्रम अन्तर्गत यस के एस डिजिटल विकमा कामना सेवा विकास बैंकका क्युआर मर्चेन्टहरुले क्युआर प्रयोग गरी पहिलो भुक्तानी लिएमा भुक्तानी रकमको अधिकतम ५० वा १५ प्रतिशत बोनस बापत कामना सेवा बैंकमा रहेको आफ्नो खाता मार्फत प्राप्त गर्न सक्नेछन् ।

 

साथै बैंकका ग्राहकहरुले समेत डिजिटल कारोबारमा आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । आइएमई पे तथा तथा खल्ती डिजिटल वालेटमा कामना सेवा विकास बैंक लिङ्क गरि १ सय रुपैयाँसम्मको क्यास ब्याक लगायत अन्य थुप्रै छुट र आकर्षक उपहारहरु पनि प्राप्त गर्न सक्नेछन् । बैंकले यो योजना आफ्नो डिजिटल पार्टनर्सफोन पे, एप वान सफ्ट, एनसीएचएल, चिसा, आइएमई पे, र खल्ती डिजिटल वालेट संगको संयुक्त साझेदारीमा ल्याएको हो ।