२०८० चैत्र १५ , बिहिवार

एलआइसी नेपालले ८८.४५ प्रतिशत हकप्रद निष्काशन गर्ने

सुनाखरी न्युज/ काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालले हकप्रद निष्काशन गर्ने भएको छ । कम्पनी सञ्चालन समितिको भदौ १३ गते बसेको बैठकले हकप्रद निष्काशन गर्ने निर्णय गरेको हो ।

 

कम्पनीले हाल कायम चुक्ता पूँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँको ८८.४५ प्रतिशत अर्थात २ अर्ब ३४ करोड ६८ लाख रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन गर्नेछ । हकप्रद शेयर निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी ५ अर्ब रुपैयाँ पुग्नेछ ।

 

हकप्रद शेयर जारी गर्ने निर्णय बीमा समितिबाट स्वीकृत भएर आगामी साधारण सभाबाट पारित भएपछि कम्पनीले हकप्रद शेयर निष्काशन गर्नेछ । कम्पनीले बीमा समितिले निर्देशन अनुसार न्युनतम चुक्ता पूँजी ५ अर्ब पुर्याउन हकप्रद शेयर निष्काशन गर्न लागेको जनाएको छ ।