२०८० चैत्र १६ , शुक्रवार

केन्याविरुद्ध निर्णायक खेल खेल्दै नेपाल

सुनाखरी न्युज/ काठमाडौं । नेपाल र केन्याबीचको टी–ट्वान्टी अन्तराष्ट्रिय क्रिकेट श्रृंखलाको पाँचौं तथा अन्तिम टी–ट्वान्टी खेल आज मंगलबार हुँदैछ ।

 

केन्याको नैरोबीस्थित जिमखाना क्रिकेट रंगशालामा दिउँसो पौने ४ बजे खेल सुरु हुनेछ । मंगलबार हुने खेलमा दुवै टोली जित निकाल्दै सिरिज जित्ने दाउमा मैदान उत्रिनेछन् । यसअघिका ४ खेलमा दुवै टोलीले समान २/२ खेल जितेका छन् । मंगलबारको खेल जित्ने टोलीले श्रृंखला कब्जा गर्नेछ ।

 

त्यसअघि पहिलो खेलमा नेपालले केन्यालाई ५ विकेटले हराएको थियो । दोस्रो खेलमा भने केन्याले नेपाललाई १८ रनले हराएको थियो । यस्तै तेस्रो खेलमा नेपालले ४ विकेटको जित निकालेको थियो । चौथो खेलमा केन्याले नेपाललाई ७ रनले हराएको थियो । टी–ट्वान्टी श्रृंखलापछि नेपालले घरेलु टोलीसँग ३ एकदिवसीय खेल खेल्नेछ ।