२०८१ बैशाख १३ , बिहिवार

बाटुलेचौरमा एेतिहासिक तिज मेला हुने, लोक दोहोरी गायिका सानुलाई सम्मान गरिने

सुनाखरी न्युज/ काठमाडौं । शिशिर पौडेल / पोखरा । पोखराको बाटुलेचौरमा एेतिहासिक तिज मेला हुने भएको छ। परम्परागत संस्कृतिको संरक्षण गर्ने उद्देश्यले हिमालय क्लबको आयोजनामा यही भाद्र १४ गते बाटुलेचौर खेल मैदानमा हुने ऐतिहासिक मेलाको तयारी तीव्र पारिएको क्लबले जनाएको छ।

 

कोरोनाका कारण २ वर्ष मेला नभएको र अघिल्ला वर्षहरुमा ५ दिनसम्म गरिने मेला यसवर्ष भने १ दिन मात्रै तिजको दिन गरिन लागिएको सचिव शिवराज देवकोटाले जानकारी दिनुभयो। मेलामा छेलो, रस्साकस्सी,बेलुन फुटाउने र म्युजिकल चियर प्रतियोगिता गरिने बताइएको छ। रस्साकस्सीको लागि दर्ता खुल्ला गरिएको संयोजक सुमन बस्नेतले बताउनुभयो। मेलाको मुख्य आकर्षणको रुपमा समुहगत तिज गित प्रतियोगिता र नृत्य प्रस्तुती रहने र उक्त प्रतियोगितामा २० समुहको सहभागिता रहने क्लबका पूर्व अध्यक्ष मोहन थापाले जानकारी दिनुभयो। तिज गित तर्फ सहभागिता जनाउने प्रत्येक टिमलाई १० हजार रुपैयाँ दिईने जनाएको छ।

 

सो कार्यक्रममा नेपाली लोक दोहोरी गीतको क्षेत्रमा योगदान पुर्याउने गायिका टिका सानुलाई सम्मान गरिने बताइएको छ। उक्त मेलाको उद्घाटन गण्डकी प्रदेश का मुख्य मन्त्री कृष्ण चन्द्र पोखरेल नेपाली ले गर्नुहुने छ । मेलाको तयारी का लागि गठित विभिन्न उपसमिति ले आ आफ्नो तयारी लाई तिब पारेको क्लबका अध्यक्ष सुशील बस्नेतले जानकारी दिनुभयो। मेला सम्पन्न गर्न करिब १० लाख खर्च लाग्ने र उक्त रकम विभिन्न सहयोगी संघ संस्थावाट संकलन गरिने आयोजकले जनाएको छ।