२०८१ बैशाख ६ , बिहिवार

एनएलजी इन्सुरेन्स कम्पनी र इ–बीमाबीच सम्झौता

सुनाखरी न्युज/ काठमाडौं । पहिलो डिजिटल बीमा सेवाप्रदायक इ–बीमार एनएलजी इन्सुरेन्स कम्पनी लिमिटेडवीच हालै एक सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।इ–बीमाको यो नै पहिलोव्यावसायिक सम्झौता हो ।

 

सम्झौताअनुसार इ–बीमाको प्लेटफर्म मार्फत अनलाइनबाट नै इ–बीमाखरिद गर्न सकिनेछ । सम्झौतापत्रमा इ–बीमाको तर्फबाट प्रबन्ध निर्देशक रोशन ज्ञवालीरएनएलजी इन्सुरेन्स कम्पनी लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्तले हस्ताक्षर गर्नुभएको छ। हस्ताक्षरित सम्झौता आदान प्रदान गर्दै निर्देशक ज्ञवालीलेएनएलजीइन्स्योरेन्ससँगको पछिल्लो सहकार्यले नेपाली बीमा बजारमा डिजिटल प्लेटफर्मको महत्वलाई उजागर गरेको बताउँदै जनतामा बीमा नीति डिजिटलीकरणको आवश्यकता बढ्दै गएको उल्लेख गर्नुभयो। इ–बीमासँग यो सम्झौतामा हस्ताक्षर गरेर हामी यो माग पूरा गर्न र भविष्यमा धेरै आवश्यक कदम चाल्न पूर्ण प्रतिबद्ध रहेको निर्देशक ज्ञवालीले बताउनु भयो ।

एनएलजी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुनिलबल्लभ पन्तले जनतामा बीमा नीतिहरूका लागि डिजिटलाइजेसनको आवश्यकता बताउँदै इ–बीमासँग गरिएको यो सम्झौता पछि बजारको त्यस्तो आवश्यकता पूरा हुने विश्वास व्यक्तगर्नुभयो । बीमाक्षेत्रमा डिजिटलाइजेसनको आवश्यकता लाई अर्को प्रगतिशील पाइलाका रूपमा उल्लेख गर्दै अधिकृत पन्तले एनएलजीइन्स्योरेन्स यस सम्भावनालाई साकार पार्न र यसबाट जनतालाई नीतिहरू प्राप्तगर्न सहज बनाउन सहयोग गर्न पूर्ण प्रतिबद्ध रहेको बताए । इ–बीमाले नेपालमाभएका सबै बीमा सम्बन्धी सेवाहरूको लागि एक–स्टप समाधानहुने र देशका सबै बीमा प्रदायकहरूलाई एउटै डिजिटल प्लेटफर्ममाजोड्ने आशा राख्दछ। इ–बीमा सन् २०१५ देखि विभिन्नबीमाउत्पादन र सेवाहरूलाई डिजिटलाइज गर्न सक्रिय छ।

 

इ–बीमाको सेवागैर–जीवनबीमा योजनाहरू र उत्पादनहरूमा मात्र सीमित नभई जीवनबीमा, वैदेशिक रोजगारी, लघुबीमा, विद्यार्थी सुरक्षा योजनाहरू र अन्य क्षेत्रहरूमा आफ्ना ग्राहकहरू लाई सबै भन्दा उदारीकृत खरिद विकल्पहरू प्रदानगर्न सक्रिय रूपमा संलग्न छ। इ–बीमाले विश्वव्यापी परिवर्तनको गतिमाबजारको विकास गर्न बजारका अन्य सरोकारवालाहरूका लागि बलियो बीमा–टेक प्लेटफर्म विकास गर्न ठूलो मात्रामा लगानी गरेको छ।