२०८० चैत्र १५ , बिहिवार

सत्ता वा व्यवस्था के रोज्ने हो कांग्रेसले ?

जनकराज पाठक । प्रजातन्त्र दलहरूले संचालन गर्ने व्यवस्था हो। दलहरु वलिया भएनन भने प्रजातन्त्र कमजोर हुन्छ। प्रजातन्त्र कमजोर हुदा मुलुक अस्थिरता तर्फ जान्छ अनि अधिनायकवादको जन्म हुन्छ। तसर्थ प्रजातन्त्र मजवुद हुन पनि प्रजातान्त्रिक दलहरु वलियो हुन जरुरी छ।

कमजोर दलहरुले जनताको मागलाई सम्वोधन गर्ने भन्दा नि व्यक्तिगत चिन्तन वढि वोकेको देखिन्छ। कमजोर दलहरु अस्थिर हुन्छन तसर्थ यिनिहरुले व्यवस्थाको रक्षा गर्न सक्दैन अन्तत व्यवस्था धरापमा पर्ने निश्चित छ। जुनदेशमा जस्तो व्यवस्था छ तदनुरुपका सरकार वन्छन।सरकारको नेतृत्व कस्तो चिन्तन,चरित्र,भयको व्यक्तिले गरेको छ महत्त्वपूर्ण विषय त्यो हो।यदाकदा भन्ने गरिन्छ प्रजातन्त्रमा व्यक्ति गौण हुन्छन यधपी नेतृत्व तहमा रहेको व्यक्तिको आचरण,चरित्र र चिन्तनले ठुलो महत्त्व राख्छ,यो व्यवस्था लाई कस्ता चरित्रका कस्ता नेताहरुले नेतृत्व गरेका छन यो मुख्य विषय हो। प्रसंग: प्रधानमन्त्री शेरवाहादुर देउवाको।

 

२०४६ सलको राजनीतिक परिवर्तन पछि ०५१ देखि ०५६ को अवधिमा सवैभन्दा वढि सत्ताको लागि घृणित खेल खेल्ने व्यक्ति देउवा हुन।नेपालको प्रजातान्त्रिक प्रक्रियामा सासंद खरिदबिक्री देखि सुरा,सुन्दरी सम्मको प्रचलन त्यहि वेला भित्रियो।सत्ता टिकाउनको निमित्त देशभित्र मात्र हैन,विदेशमा समेत सासंद लुकायर चर्चामा आयका पात्र हुन देउवा। मुलुकमा अपांग लाइ टेक्ने बैसाकि दिन नसक्ने सरकारले सत्ता टिकाउन सवै सांसाद लाइ पजेरो सुविधा त्यहि समय दियको थियो। विषेशत त्यो कालखण्डमा मध्यमार्गी धारको रुपमा स्थापित हुन खोजेको राप्रपा सत्ता र सुविधाको यहि गोलचक्करमा फसेर ध्वस्त भयो।राप्रपा लाइ पटक,पटक प्रयोग गरियो,राप्रपाले आफु प्रयोग भइरहेको थाहा नै पायन।यतिसम्म कि एउटाको क्याविनेटमा रहेका राप्रपाका मन्त्री उसैको विपक्षमा दस्तखत गर्न झन्डा हल्लाउँदै अर्को पक्षमा देखिय।

 

एउटा मध्यमार्गी धारको रुपमा स्थापित दललाइ कमजोर र ध्वस्त वनाउदा मुलुक अस्थिरता तर्फ धकेलियो फलस्वरूप सिङ्गो व्यवस्था माथिनै संकट आयो र माओवादीको उदय भयो।सर्वहारा वर्गको नाममा गरियको माओवादी जनयुद्ध व्यक्ति हत्यामा रुपान्तरण भयो।दशौ हजुर नेपाली, राजनीति प्रतिसोधका करण मारिय।विकास निर्माणका संरचना हरु ध्वस्त भय।तत्कालीन देउवा सरकारले क।प्रचण्ड को टाउको मोल तोक्दै माओवादी पार्टी लाइ आतंककारी को सुचिमा राख्यो।राजनीतिक रुपमा माओवाद युद्धमा सवैभन्दा वढि क्षति सायद कांग्रेस लाई भयो।आज सत्ता स्वार्थको निमित्त सवै विर्सने पात्र हुन देउवा। सिद्धान्तको लिलाममा सत्ता खोज्ने व्यक्ति हुन देउवा।
तत्कालीन समयमा सरकारका गलत क्रियाकलाप र गतिविधिको फाइदा लिदै माओवादीले आफ्नो उदेश्य माथि विजय प्राप्त गरेर कांग्रेस र सुधारिएको कम्युनिस्ट,लाइ आफ्नो मार्गचित्रमा हिडायो। आज कांग्रेसले सत्ता वाहेक केही देख्दैन,कम्युनिस्ट नामका माकुनेहरु प्रचण्ड वाट वैतरनि तर्ने कसरतमा छन।हिजो बिनाकारण माओवादीले हत्या गरेका,अंगभंग पारेका,वेपत्ता पारेका,सम्पत्ति हरण गरेका कुनै कार्यकर्ता को अनुहारको झलक समेत छैन देउवाहरुमा भागवन्डा र भ्रष्टाचार लाई पुन संस्थागत गर्दै देउवा फेरि उदायका छन।

 

 

अप्राकृतिक पाच दलिय गठवन्धन केवल मुलुक लुटनको निमित्त मात्र कायम छ।लोकतन्त्रको नाममा गठित यो गठवन्धन नजानिदो पाराले लोकतन्त्र मास्न उद्दत छ।प्रजातान्त्रिक व्यवस्था र सिदान्त संग कुनै सम्बन्ध नराख्ने प्रचण्ड अहिले देउवाका राजनीतिक गुरु छन। यो अप्राकृतिक गठवन्धनको जोड,घटाउ,र आन्तरिकको प्रतिस्पर्धाको कारण मुलुक पुन अस्थिरता तर्फ धकेलिने र निंरकुस अधिनायकवाद को पुन उदय हुने निश्चित छ। त्यो दिन देख्न देउवाहरुले धेरै कुर्न नपर्ला सायद। प्रजातन्त्रको निमित्त एकरत्ति योगदान नभयका र प्रजातान्त्रिक आचरण समेत नभयका प्रचण्ड हरुलाइ अब आफुलाइ प्रजातान्त्रिक शक्ति र प्रजातन्त्रको मसिहा ठान्ने कांग्रेस हरुले भोट हाल्नु पर्छ कठै देउवा।

 

आज सत्ता र व्यवस्था मध्ये एक रोज्नुपर्ने अवस्थामा छ कांग्रेस। प्रजातन्त्रको लागि पटक,पटक लडेको नेपाली कांग्रेसले मुलुकमा प्रजातन्त्र स्थाइ र चिरकाल सम्म कायम राख्ने हो भने अप्राकृतिक गठवन्धन तोडनु पर्छ।यसको निमित सत्ता लोलुप देउवा लाई कांग्रेसले नियन्त्रणमा लिन सक्छु पर्छ।आगे जो मर्जि।

लेखक पाठक राप्रपा केन्द्रिय सदस्य हुन ।