२०८० चैत्र १६ , शुक्रवार

आई.एम.ई लाइफ इन्स्योरेन्सको एकैदिनमा ५८४८ बिद्यार्थी लाई बीमा साक्षरता

सुनाखरी न्युज /काठमाडौं । बीमाको क्षेत्रमा साक्षरता बढाउने उद्देश्यका साथ आई.एम.ई लाइफ इन्स्योरेन्सले आइतबार सातवटै प्रदेशका शैक्षिक प्रतिष्ठानहरुमा बीमा साक्षरताजागरण अभियान सम्पन्न गरेको छ ।

 

आई.एम.ई लाइफ इन्स्योरेन्सको स्थापनाको पाँचौं वर्ष पुरा गरेको अवसरमा मुलुकभर बीमा साक्षरता जागरण अभियान गरिएको हो । आई.एम.ई लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले बीमा क्षेत्रको समग्र विकास एवं विस्तारको लागि विद्यालय र क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई लक्षित गरीबीमा साक्षरता जागरण अभियान सञ्चालन गरिएको जानकारी दिनु भयो ।

नेपालको बीमा क्षेत्रको नियमनकारी निकायबीमा समितिको उद्देश्यलाई आत्मसात गर्दै बीमा साक्षरता जागरण अभियान गरिएको कम्पनीले जनाएको छ । मुलुकभर गरिएको बीमा साक्षरता जागरण कार्यक्रममा ५ हजारभन्दा बढी विद्यार्थी सहभागीथिए । ६० भन्दा बढी विद्यालय एवं क्याम्पसमा जनचेतना प्रवाह गरिएको थियो । बीमा कम्पनीले एकैदिन ५८४८ भन्दा बढी विद्यार्थीलाई बीमा सम्बन्धी जनचेतना प्रवाह गरेको सम्भवतःयो पहिलो पटक हो ।

कम्पनीका प्रमुख सञ्चालन अधिकृत दिनेश अमात्यका अनुसार, विद्यार्थीहरु लाई बीमा सम्बन्धीप्रचलित ऐनका साथै बीमाको महत्व र राष्ट्र विकासमाबीमाको महत्वपूर्ण भूमिकाको विषयमा जानकारी दिइएको थियो । आई.एम.ई लाइफ इन्स्योरेन्सले पाँचौ वर्ष पुरा गरेको अवसरमा एकै दिनमा ७४८ जनालाई बीमा अभिकर्ता तालिम, ५७१ जनाबाट वृहत रक्तदानतथा सातै प्रदेशमा १३०२ जना लाभान्वित हुने गरी स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न गरिसकेको छ ।