२०८० चैत्र १५ , बिहिवार

दश लाख बराबरको यार्सागुम्बा सशस्त्र प्रहरीद्वारा बरामद

सुनाखरी न्युज / बाँके । बाँके जिल्लाको जानकी गाँउपालिका १ पंचपोखरा ईलाकाबाट साउन ३० गते सशस्त्र प्रहरीले करीब १० लाख रुपैयाँ बराबरको ४ सय ५० ग्राम यार्सागुम्बा बरामद गरेको छ ।

 

अवैध रुपले नेपालबाट भारततर्फ लैजाँदै गरेको उक्त यार्सागुम्बा सशस्त्र प्रहरी बल नेपाल बिओपी जयसपुरले बरामद गरेको हो । सो यार्सागुम्बा ल्याउने व्यक्ति गस्तीमा रहेको सशस्त्र प्रहरीलाई देख्नासाथै सोही ठाउँमा छाडि भागेका थिए ।

 

बरामद यार्सागुम्बा आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय नेपालगंज बाँकेमा बुझाइएको छ ।