२०८१ बैशाख ६ , बिहिवार

सिट बाँडफाँट कार्यदलको बैठक आज बस्दै

सुनाखरी न्युज /काठमाडौं । सत्ता गठबन्धनले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि बनाएको सिट बाँडफाँट कार्यदलको बैठक आज बस्ने भएको छ ।

 

आज अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा कार्यदलको बैठक बस्ने तय भएको हो । कार्यदल संयोजकमा नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला हुनुहुन्छ भने ५ दलीय गठबन्धनबाट दुई-दुई जना सदस्य रहनु भएको छ । गत साउन २० मा सत्ता गठबन्धनका शीर्ष नेताको बैठकले मंसिर ४ को प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा गठबन्धन गरेर जाने औपचारिक सहमति गर्दै सिट बाँडफाँट गर्न कार्यदल बनाएका थिए ।

 

कार्यदलले सिट बाँडफाँटको मोडालिटीबारे छलफल गरेको छ । स्थानीय चुनाव, संसदमा अहिले दलहरूको प्रतिनिधित्वको अवस्था, २०७४ को चुनावमा दलहरूले ल्याएका मतलगायत आधारमा सिट बाँडफाँट गर्ने गरी गृहकार्य भइरहेको बताइएको छ ।