२०८१ बैशाख ७ , शुक्रवार

जीवन बीमा कम्पनीले असार मसान्तसम्ममा गरे १ खर्ब ३८ अर्ब कुल बीमा शुल्क संकलन

सुनाखरी न्युज/ काठमाडौं ।

जीवन बीमा कम्पनीहरुले आर्थिक बर्ष २०७८-७९ को असार मसान्तसम्ममा १ खर्ब ३८ अर्ब ६४ करोड ५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएका छन् ।

बीमा समितिको तथ्याङक अनुसार संचालनमा रहेका १९ जीवन बीमा कम्पनीहरुकोे असार मसान्तसम्ममा १ करोड ३० लाख ९९ हजार ६३२ वटा बीमालेख सक्रिय रहेका छन् । यस अवधिसम्म्ममा यी कम्पनीहरुले ४१ अर्ब ४४ करोड ७० लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन् ।

यस अवधिसम्ममा अधिकांश बीमा कम्पनीहरुले आफ्नो व्यापार विस्तार गरेको पाइन्छ । असार महिनामा मात्रै यी कम्पनीहरुले १७ अर्ब ६७ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।