२०८१ बैशाख १८ , मंगलबार

भुवन केसीको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दर्ता

सुनाखरी न्युज/ काठमाडौं ।
चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको योग्यता नपुग्ने भन्दै उनको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

 

अध्यक्ष पदका लागि १० जना आका‌ंक्षी थिए । केसीलाई गत साउन ९ गतेको मन्त्रिपरिषद् बैठकले बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

नरेश पौडेललगायतले उनको शैक्षिक योग्यता नपुग्ने भन्दै नियुक्ति बदरको माग गर्दै रिट दायर गरेका हुन् । सर्वोच्चका प्रवक्ता विमल पौडेलका अनुसार उक्त रिटमाथि साउन ३० गते प्रारम्भिक सुनुवाइ हुनेछ ।