२०८१ बैशाख ११ , मंगलबार

शेयर बजार निरन्तर ओरालो, २०५७ अंकमा झर्‍यो नेप्से

सुनाखरी न्युज/ काठमाडौं ।
सेयर बजारको परिसूचक नेप्से ५.११ अंकले  घटेर  २०५७ अंकमा झरेको छ । कारोबार रकम पनि खुम्चिएको छ । मंगलबार २ अर्ब ८१ करोडको कारोबार भएकोमा बुधबार १ अर्ब ९३ करोडमा खुम्चियो ।

बैंकिङ ५, विकास बैंक ७, फाइनान्स १६, होटल तथा पर्यटन ११, जलविद्युत् १२, जीवन बीमा ९, माइक्रोफाइनान्स १५, निर्जीवन बीमा १५, अन्य ६ र ब्यापार उपसमूह ३१ अंक घटे । उत्पादन उपसमूह भने २७ अंक बढ्यो । कुल ५६ कम्पनीको मूल्य बढ्यो भने ११९ घट्यो, ७ को स्थिर रह्यो । हिमालयन हाइड्रोपावरको मूल्य १० प्रतिशत बढयो । युनिलिभर नेपालको ४.३ प्रतिशत बढ्यो । हिमालयन एभरेस्ट इन्स्योरेन्सको मूल्य भने १० प्रतिशत नै घट्यो ।

हिमालयन पावर पार्टनरको मूल्य ३.७ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा नागरिक लगानी कोष, शिवम् सिमेन्ट, हिमालयन डिस्टिलरी, नबिल बैंक र नेपाल टेलिकम क्रमश: अगाडि रहे ।