२०८१ बैशाख ७ , शुक्रवार

दुई साता अगाडि सर्‍यो सौगात र दयाहाङको ‘दुई नम्बरी’

सुनाखरी न्युज /दीपेन्द्र लामा निर्देशित फिल्ममा उपासनासिंह ठकुरी र उगेन छोदेन पनि प्रमुख भूमिकामा छन । भुटानी अभिनेत्रीको यो डेब्यु नेपाली फिल्म हो । फिल्मले मित्रताको कथा पेश गर्छ । छायांकनमा निस्कँदै गर्दा फिल्म ‘दुई नम्बरी’ले आगामी कात्तिक ४ गतेलाई प्रदर्शन मिति घोषणा गरेको थियो । भाईटीका तिहारको एक हप्ता लामो विदा खान फिल्मले कात्तिकलाई प्रदर्शन मिति रोजेको थियो । तर, मंगलवार निर्माण टिमले ट्रेलर बराबरको टिजर सार्वजनिक गर्दै नयाँ प्रदर्शन मिति घोषणा गर्‍यो ।

 

अब यो फिल्म आगामी असोज २१ गतेबाट प्रदर्शनमा आउने भएको छ । दीपक मनाङे, अमलादेवी राई र जयश श्रेष्ठ निर्माता हुन । पूर्वनिर्धारित मिति असोज कात्तिक ४ बाट फिल्म सरेपछि अर्को फिल्म ‘के घर के डेरा’लाई राहत मिलेको छ ।कोरोना महामारीको कारण छायांकन प्रभावित भएको ‘२ नम्बरी’ कलाकार र स्क्रिप्टमा केही हेरेफेर गर्र्दै सुटिङ भएको थियो ।कात्तिक ४ मा अरु पनि ठूला नेपालीसँगै विदेशी फिल्म आउने पक्का हुनु र कात्तिक ११ गतेलाई महजोडीको फिल्म ‘महापुरुष’ले प्रदर्शन मिति घोषणा गरेकाले ‘दुई नम्बरी’को प्रदर्शन मिति दुई हप्ता अगाडि सारिएको चर्चा छ । तर, निर्माता किरण नेपालीले अरु फिल्मको डरले नभइ आफू प्रदेश सभातर्फ चुनाव लड्न लागेकाले फिल्मको प्रदर्शन मिति दुई हप्ता अगाडि सारेको बताए ।

 

 

उनले भने ‘प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा मैले नुवाकोटको प्रदेश नं। २ को ‘ख’बाट उम्मेदवारी घोषणा गरेकाले कात्तिक पहिलो हप्ता उम्मेदवारी दर्ता गर्न जानुपर्ने हुनसक्छ । त्यो समयमा फिल्ममा दौडिनु कि चुनावमा । त्यसैले प्रदर्शन मिति अगाडि सारेको हुँ ।’ कांग्रेसले समानुपातिक कोटा दिए चुनाव नलड्ने सोचमा रहेका उनी नभए स्वतन्त्रबाटै चुनाव उठ्ने योजनामा छन् ।