२०८१ बैशाख ८ , शनिवार

कल सेन्टर खोलेर  ठगि गरेको आरोपमा १३ जना पक्राउ

सुनाखरी न्युज / काठमाडौंमा – साइबर ब्यूरोले २०७९ असार पहिलो साता धुम्बाराहीस्थित ‘अर्बिट नेक्सस प्रालि’ मा छापा मारेको थियो । १३ जना पक्राउ परेका थिए । साइबर ब्यूरोले गरेको अनुसन्धानबाट ६८२ जना अमेरिकी नागरिक ठगिएको थाहा भएको छ । अमेरिकन नागरिक ठगिएको घटनामा अमेरिकन प्रहरीको फेडेरल ब्यूरो अफ इन्भेष्टिगेसनले पनि अनुसन्धान शुरु गरेको छ । एफबीआइको एउटा टिम सो घटनाबारे अनुसन्धान गर्न काठमाडौंमा आएको छ ।

 

 

कल सेन्टरको आवरणमा ठगी गरेको आरोपमा पक्राउ परेकालाई नेपाल प्रहरीले विद्युतीय कारोबार ऐन विरुद्धको कसुरमा मुद्दा चलाएको थियो । कल सेन्टर सञ्चालक मध्येका दुईजना भारतीय नागरिकलाई थुनामा पठाउन आदेश गरेको छ । उनीहरु हुन्, कल सेन्टरको सुपरभाइजर ३२ वर्षीय निशान्त अनिल खैरे र कामदार मनिटर गर्ने २४ वर्षका मनिष तिवारी । अर्बिट नेक्सस प्रालिको सञ्चालकको भुमिकामा देखिएका बुढानिलकण्ठ नगरपालिका–१२ कपन बस्ने ३३ वर्षीय विजय श्रेष्ठलाई जिल्ला अदालत काठमाडौंले ३ लाख धरौटीमा रिहा गरेको छ ६८२ जना अमेरिकन र १८ जना क्यानडाका नागरिक ठगिएको भेटियो, हामीले इन्टरपोललाई त्यसबारे थप अनुसन्धान गर्न पत्राचार गरेका छौं ।

 

 

एफबीआइले ब्यूरोसँग ठगीमा पर्नेहरू र आरोपीहरुको विवरण लिएर अनुसन्धान थालेको छ । भारतमा हेडक्वार्टर राखेर कल सेन्टर सञ्चालकले कर्मचारीमार्फत माइक्रोसफ्ट कम्पनीको कल सेन्टरको नाममा कम्प्यूटर र ल्यापटप जस्ता विद्युतीय सामग्रीमा सुचना पठाएर फिसिङ गर्थे ।