२०८१ बैशाख ८ , शनिवार

विद्यालयको तेस्रो तल्लाबाट खसेर एक विद्यार्थी गम्भीर घाइते

सुनाखरी न्युज /मोरङ – मोरङमा बुधबार सुन्दरहरैंचास्थित सुकुना माध्यमिक विद्यालय भवनको तेस्रो तल्लाबाट बिहान १६ वर्षीया छात्रा खसेर घाइते भएकी हुन्। घाइते हुनेमा कक्षा १० मा अध्ययनरत युनिका चौधरी रहेकी छिन ।

 

उनलाई हाल थप उपचारका लागि विराटनगरस्थित अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ । खुट्टा तथा शरीरका विभिन्न भागमा चोटपटक रहेको बताइएको छ ।

 

 

विद्यालयले भने युनिका आफैँले हामफालेको जानकारी प्रहरीलाई दिएको छ । घटनाका बारेमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।