२०८१ बैशाख १२ , बुधवार

बालाजुस्थित जुत्ता कारखानामा भीषण आगलागी

सुनाखरी न्युज /काठमाडौँ – काठमाडौँको बालाजुस्थित एउटा जुत्ता कारखानामा आगलागी भएको छ । बालाजु बाइसधारामा रहेको वान वल्र्ड जुत्ता कारखानामा आगो लागेको हो ।

 

प्रहरीकाअनुसार सो कारखाना औद्योगिक क्षेत्रनजिकै छ । आगो निभाउन काठमाडौं र ललितपुरका दमकल पुगिसकेको बालाजु प्रहरी वृत्तले जनाएको छ ।

 

 

अहिलेसम्म आगलागीको कारण खुलेको छैन । घटनाको थप विवरण आउन बाँकी छ ।