२०८१ बैशाख ७ , शुक्रवार

जहाजबाट पक्राउ परेका व्यक्ति १० हजार धरौटीमा छुटे

सुनाखरी न्युज / काठमाडौं– भारत जान लागेका बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाजभित्रबाट पक्राउ परेका सन्तोष लामिछाने उनी अभद्र व्यवहार मुद्दामा १० हजार रूपैयाँ धरौटी तिरेर रिहा भएका हुन् ।

लामिछानेलाई पक्राउ गर्न उड्नै लागेको प्लेन समेत रोकेर प्रहरीको विशेष ब्यूरोले अपरेसन नै चलाएको थियो। सो क्रममा २ घण्टा प्लेन डिले भएको थियो ।

 

 

उनले अवैध सुनचाँदीको खरिद बिक्री गर्ने गरेको र भारतमा सुन चोरेर ल्याएको आरोप लागेको जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी सोमेन्द्रसिंह राठौरेले जानकारी दिए।