२०८० चैत्र १५ , बिहिवार

अडिटर्स एसोसिएसन १८ औं बर्षमा

सुनाखरी न्युज/ काठमाडौं । काठमाडौं-नेपाल अडिटर्स एशोसिएशन (अडान) ले आफ्नो १७ औं स्थापना दिवस बिबिध कार्यक्रम गरी मनाएको छ ।

 

अडानका प्रदीपकुमार यादवका काठमाडौँ अडान दिवसका अबसरमा रक्तदान, नेपाल लेखमान (एनएफआरएस एसएमईस, एमई र एनपीओएस) , मौद्रिक नीति २०७९, कर तथा कर विवरणमा भएका परिवर्तनका सत्रहरू सञ्चालन गरिएको थियो । तीसत्रहरुमध्ये नेपाल लेखामान सत्रको अध्यक्षता लेखामान बोर्डका अध्यक्ष प्रकाश जंग थापा, मौद्रिक नीति सत्रको अध्यक्षता नेपाल राष्ट्र बैंकका सञ्चालक समिति सदस्य एवं निवर्तमान डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले गर्नुभएको थियो । नेपाल लेखामान (एनएफआरएस एसएमई, एमई र एनपीओएस) सत्रमा बरिष्ठ चार्टर्ड एकाउन्टेन्ट अरुण राउत र चार्टर्ड एकाउन्टेन्ट प्रविण बरालले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

 

कार्यपत्रमाथि एक्यानका अध्यक्ष दिपक पाण्डे, नेपाल उद्योग बाणिज्य महासंघ राजश्व परामर्श समितिका सदस्य सन्दीप अग्रवाल, चेम्बर अफ कमर्शका सचिब पर्शुराम दाहाल, ग्रिल तथा स्टील ब्यवसायी महासंघका अध्यक्ष मोहन कटुवाल, घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेशप्रसाद सिंह, एसिसिए ग्लोबलका नेपाल प्रमुख रबिन कटवालले टिप्पणी गर्नुभएको थियो । अडान दिवसका अबसरमा आयोजित समारोहमा महालेखापरीक्षक टंकमणि शर्मा, नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका उपाध्यक्ष सुजनकुमार काफ्ले, नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष दिपककुमार मल्होत्रा, नेपाल घरेलु तथा साना उद्योग महासंघ अध्यक्ष उमेशप्रसाद सिंह, आन्तरिक राजश्व विभागका उपमहानिर्देशक अजुर्नप्रसाद भट्टराई, अडानका निवर्तमान अध्यक्ष मोहनराज रेग्मी, संस्थापक अध्यक्ष कमल खरेल लगायतले शुभकामना मन्तब्य प्रकट गर्नु भएको थियो ।

 

त्यस अबसरमा महालेखापरीक्षक टंकमणि शर्माले सबै लेखापरीक्षकहरु नियमनकारी निकायका सदस्य भएकाले सबैले आफैलाई स्वनियमन गर्नुपर्ने बताउनुभयो । नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले एनएफआरएसका लागि  एसएमईसको सिमामा परिवर्तन गरी कम्तीमा ५० करोड हुनुपर्ने बताउनुभएको थियो । कार्यक्रमको अध्यक्षता अडानका अध्यक्ष केदारनाथ पौडेलले गर्नु भएको थियो भने सञ्चालन महासचिव प्रेम बहादुर श्रेष्ठ र धन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्ष बद्रीप्रसाद भट्टराईले गर्नु भएको थियो । अडान दिवसकै अबसरमा संस्थापक अध्यक्ष कमल खरेललाई उहाँको योगदानको कदर गर्दै सम्मान गरिएको थियो ।

 

त्यसै अबसरमा काठमाडौं जिल्ला कार्यसमितिले प्रकाशन गरेको अडान अर्थमालाको महालेखापरीक्षक टंकमणि शर्मा, अडानका केन्द्रीय अध्यक्ष केदारनाथ पौडेल र काठमाडौं जिल्ला कार्यसमितिका अध्यक्ष पूर्णबहादुर चन्दले बिमोचन गर्नु भएको थियो । अडान दिवसकै अडानको उपत्यका समन्वय समितिले आयोजना गरेको रक्तदानमा झण्डै १०० जनाले रक्तदान गरेका थिए ।