२०८० चैत्र १५ , बिहिवार

राष्ट्रपति भण्डारी विन्ध्यवासिनी मा.वि.मा आउने

शिशिर पौडेल/ पोखरा । राष्ट्रपति विद्यादेवी भण्डारी साउन ३१ गते पोखरा आउनुहुने भएको छ । पोखराको वाटुलेचौरमा रहेको नेपालकै उत्कृष्ट सामुदायिक विद्यालय विन्ध्यवासिनी माघ्यमिक विद्यालयको हीरक जयन्ती कार्यक्रमको समापन तथा नवनिर्मित ३२ कोठे भवनको उद्घघाटन गर्न आगामी ३१ गते पोखरा आउनु हुने वताईएको छ ।

 

राष्ट्रपति नै प्रमुख अतिथि रहने उक्त कार्यक्रमलाई व्यवस्थित वनाउन तथा सवै क्षेत्रसँगको समन्वय र प्रचार प्रसारलाई तिव्र पारिएको हीरक जयन्ती मुल आयोजक समितिले जनाएको छ । समापनका अवसरमा राष्ट्रपति भण्डारीले राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणको सहयोगमा नव निर्मित ३२ कोठे पक्की भवनको उद्घघाटन गर्नुहुने, लगायतका अन्य कार्यक्रम रहेको विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद आचार्यले जानकारी दिनुभयो ।त्यसअघि हीरक जयन्तीको अवसरमा विद्यालयले साउन २९ गते पुर्नमिलन कार्यक्रम आयोजना गरेको छ ।

उक्त कार्यक्रममा भुपु विद्यार्थी , पुर्व विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, पुर्व शिक्षक, कर्मचारी लगायतकाको उपस्थिति रहने वताईएको छ ।सो अवसरमा सम्मान तथा सांस्कृतिक कार्यक्रम र कार्यशाला घोषणापत्र सार्वजनिक गरिने समितिले जनाएको छ । वि सं २००४ सालमा स्थापना भएको उक्त विद्यालयमा हाल करिव १ हजार ३ सय विद्यार्थी अध्ययनरत रहेका छन् भने दस जोड दुई तर्फ विज्ञान र व्यवस्थापन संकायमा कक्षा संचालन गरेको छ ।