२०८० चैत्र १५ , बिहिवार

श्री कृष्ण प्रणामी मन्दिरमा श्रीकृष्ण कथा कार्यक्रम जारी

सुनाखरी न्युज/ पोखरा। पोखरामा श्रीमद् बितक चर्चा शब्द दर्शन तथा श्रीकृष्ण कथा कार्यक्रम जारी रहेको छ । पोखरा – ८ रत्नचोकस्थित श्री कृष्ण प्रणामी मन्दिरको आयोजनामा साउन २ देखि कार्यक्रम शुरु भएको हो ।

कार्याक्रम भदौ ३ गतेसम्म चल्नेछ । भदौ ३ गते श्रीकृष्ण जन्माष्टमी प्राकट्य महोत्सव पनि गरिने छ । कार्यक्रममा गुरुजी बाणी तथा बितक कथाकार युवा धर्म प्रचारक श्री श्यामदास महाराजले सङ्गीतमय कथा प्रवचन गर्नुभएको छ । ‘धार्मिक तथा आध्यात्मिक जागरणका लागि कार्यक्रम महत्वपूर्ण रहनेछ मन्दिरका अध्यक्ष पुरुषोत्तम रेग्मीले भन्नुभयो– कार्यक्रममा सहभागी भएर पुण्यलाभ गर्न अनुरोध गर्दछौं ।’ कार्यक्रम हरेक दिन बिहान ११ देखि दिउँसो २ बजेसम्म चल्नेछ। दैनिक करिब तीन सय सुन्दरसाथजी भक्तजनको सहभागिता रहने अनुमान गरिएको छ ।

 

हालसम्म ६ हजार बढी भक्तजनले कार्यक्रममा सहभागिता जनाएको मन्दिरका सचिव देवी प्रसाद खतिवडाले जानकारी दिनुभयो । मन्दिर स्थापनाकाल २०४८ सालदेखि नै वर्षेनी कार्यक्रम गर्ने गरिएको छ । यसपटक समेत गरी ३१ औ पटक कार्यक्रम गरिएको हो। साउन २७ गते रक्षबन्धनको दिन विशेष कार्यक्रम पनि गरिनेछ ।