२०८१ बैशाख ७ , शुक्रवार

२४ घण्टामा थप ९१२ जनामा कोरोना संक्रमण

सुनाखरी न्युज /काठमाडौ- पछिल्लो २४ घण्टामा थप ९१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६४९१ जनामा परीक्षण गर्दा ९१२ जनामा संक्रमण पुष्टि भएको हो। यही अवधिमा ३७० संक्रमित निको भएका छन् भने एक जनाको मृत्यु भएको छ।

 

हाल देशभर ५७६९ सक्रिय संक्रमित रहेका छन्।