२०८० चैत्र १६ , शुक्रवार

अवैध मोबाइलसहित १ भारतीय नागरिक पक्राउ

सुनाखरी न्युज /काठमाडौ- भन्सार छलेर ल्याइएका १२ थान मोबाइलसहित भारतीय नागरिक पक्राउ परेका छन्। भारतको पन्जाब, जालन्धर नगरसैदागेट घर भएका ३५ वर्षीय सन्दीप अहुजालाई प्रहरीले पक्राउ गरेको हो।

 

अवैध मोबाइलसहित उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गौशालास्थित होटल कल्चर इनबाट शुक्रबार दिउँसो पक्राउ गरेको हो।

 

उनको साथबाट प्रहरीले आइफोन एक्सआर १ थान, भिभो १ थान, ओप्पो ७ थान, सामसुङ २ थान र इन्फिनिक्स १ थान गरी १२ थान मोबाइल बरामद गरेको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता कृष्ण कोइरालाले जानकारी दिए।