२०८१ बैशाख ७ , शुक्रवार

क्यानडा पठाइदिन्छु भन्दै सात लाख ठग्ने एक पक्राउ

सुनाखरी न्युज /काठमाडौ- क्यानडा पठाइदिने प्रलोभन देखाएर सात लाख ठगी गरेका एक जना महिला पक्राउ परेका छन्। सिन्धुपाल्चोकको बाह्रबिसे घर भएका र हालः काठमाडौं बस्दै आएका छिरिङ डोमा शेर्पा पक्राउ परेका हुन्। शेर्पालाई काठमाडौं उपत्यका अपराध महाशाखाले पक्राउ गरेको हो।

उनले रत्नबहादुर तामाङलाई वर्किङ भिसामा क्यानडा पठाइदिने र प्रतिष्ठित कम्पनीमा दुई लाख तलब रहेको प्रलोभन देखाएकी थिइन्। उनले १४ लाख लाग्ने भन्दै अग्रिम ७ लाख लिएर फरार भएकी थिइन्।

 

तामाङले उनीविरुद्ध वैदेशिक रोजगार विभागमा उजुरी गरेपछि विभागले महाशाखालाई पक्राउ गर्न पत्राचार गरेको थियो।