२०८१ बैशाख ७ , शुक्रवार

दोहोरो अंकले घट्यो नेप्से

सुनाखरी न्युज / काठमाडौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको अन्तिम दिन आज शुक्रबार दोहोरो अंकले घटेको छ । आज नेप्से ३४.८५ अंकले घटेर दुई हजार एक सय १३ दशमलब ३० विन्दुमा बन्द भएको छ ।

 

बिहिबार नेप्से ३८.६१ अंकले घटेर दुई हजार एक सय ४८ दशमलब १६ विन्दुमा बन्द भएको थियो । त्यस्तै, बजार घटेसँगै आज कारोबार रकम पनि घटेको छ । नेप्सेमा २ अर्ब ६२ करोड ६१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिबार नेप्सेमा तीन अर्ब ७६ करोड ८० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । आज कारोबार भएका कम्पनीमध्ये २१ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १५७ वटा कम्पनीको शेयरमूल्य घटेको छ । यसमध्ये आज एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज जोशी हाइड्रोपावर कम्पनीको लिमिटेडको शेयरमूल्य ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता ३६२.६० रुपैयाँ पुगेको छ ।

 

नेप्सेका अनुसार आज मैलुङखोला जलविद्युत्त कम्पनीको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यस कम्पनीको शेयरमूल्य ७ प्रतिशत भन्दा बढीले घटेको हो । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्ट कम्पनीको भएको छ । यसको आज १५ करोड ६६ लाख भन्दा बढीको कारोबार भएको छ ।