२०८१ बैशाख ७ , शुक्रवार

एनएसीको मुम्बई उडानमा प्रहरीको एक्सन: सामान्य घटनालाई अनावश्यक ‘सेन्सेटाइज’

सुनाखरी न्युज / काठमाडौ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट मुम्बई उड्न लागेको नेपाल वायुसेवा निगमको जहाजलाई बुधबार दिउँसो करिब १ बजेतिर विमानस्थलको टावरबाट एयर ट्राफिक कन्ट्रोलले जहाजलाई रोक्न संकेत गरे।

 

उड्ने तरखरमा रहेको विमानलाई तत्काल रोक्न संकेत गर्नु सामान्य विषय भने थिएन। किनकि विमान उड्ने जुन पोजिसनमा रोक्ने संकेत कमै घटना हुन्छ। यसरी विमान रोक्न सङ्केत गर्नुको कारण आपराधिक गतिविधिमा संलग्न भएका मानिस भएको भन्ने थियो। नेपाल प्रहरीको विशेष ब्युरो हुँदै त्रिभुवन विमानस्थल प्रहरीलाई आएको पत्र अनुसार विमानस्थललाई विमान रोक्न आग्रह गरेको थियो। त्यसपछि आरए २०१ नम्बरको विमान रोकियो। मुम्बई जान लागेका धनगढीका सन्तोष लामिछानेलाई विमानबाट प्रहरीले पक्राउ गर्‍यो। उनीसँगै मुम्बई जान विमानमा बसेकी उनकी श्रीमती समेत ओर्लिन्। जहाजमा जाँच चलेपछि उडान तीन घण्टा ‘डिले’ भयो। त्यसपछि विमान मुम्बई उड्यो। यति बेरसम्म विमानमा ‘आतङ्कवादी’ भएको भन्दै चौतर्फी आतङ्क फैलिसकेको थियो।

 

विमानमा रनवेमा पुगेको अवस्थामा सूचना आएर प्रहरीले अपरेसन गर्ने घटना कमै छन्। ठूला आतंकवादी घटना संलग्न वा कुनै अप्रिय घटना हुन लाग्दा यात्रु र अन्य जोखिमलाई हेरेर उड्ने अन्तिम क्षणमा पनि प्रहरीले अपरेसन गर्न वा विमानस्थललाई सूचना दिन सक्छ। त्यस्तै प्रकृतिको घटना भएको आशंका थियो। तर विमानबाट ओरालिएका व्यक्तिको कुनै ‘आतंकवाद’ सम्बन्धित घटनामा संलग्नता भएको देखिएन। केही समयमा नै प्रहरीले उनी सुन चोरीको आरोपी भएको जानकारी दियो।

 

यसरी विमानबाट निकालेको करिब अढाई घण्टामा नेपाल प्रहरीका प्रवक्ता डिआइजी टेकबहादुर राईसँग घटनाको जानकारी लिँदा समातिएका व्यक्ति चोरीमा संलग्न भएको पुष्टि गरे। उनी सुन व्यवसायी समेत भएको खुल्यो। चोरीको सुन गालेर विक्रीबितरण गर्ने गरेको अभियोग लागेको प्रहरीले दाबी गरेको छ। सुन चोरी लागेका आरोपीलाई पक्राउ गर्न उड्न लागेको विमान नै रोकेर समात्नुपर्ने अवस्था किन आयो? कि आतंकवादी भनेर आएको सूचनामा प्रहरी फेल भएर सुन चोर निस्किएको हो ? अहिले यो प्रश्नको जवाफ छैन। तर प्रहरीले यसरी गर्ने अपरेसन गलत भएको पूर्वडिआजी हेमन्त मल्ल ठकुरी बताउँछन्। ‘सूचना आएपछि केस डिल गर्ने प्रहरी हो। तर मलाई घटनाको बारेमा थाहा थिएन भन्ने पाइँदैन। जे घटना हो त्यसलाई नै लिएर अगाडि बढ्नुपर्छ। आफ्नो स्वार्थको लागि हो- हल्ला गर्नु हुँदैन।

 

यसले प्रहरीको विश्वसनीयतामा प्रश्न उठाउँछ,’ पूर्व डिआइजी ठकुरीले भने। लामिछानेलाई अनुसन्धानका लागि गरिएको एक्सन प्रहरीबीचमै आलोचना भइरहेको छ। सामान्य व्यक्तिलाई पक्राउ गर्न प्रहरीका केही व्यक्तिले गलत कदम चालेको उच्च अधिकृतहरू नै बताउँछन्। ‘आर्थिक भार नै त भएन। तर यस्ता घटनाले देशलाई नकारात्मक सन्देश गएर पर्यटकलाई समेत असर पुग्छ। प्रहरीले ढिलो जानकारी दिएको हो। बुधवार भएको घटनाको आन्तरिक समीक्षा हुन्छ,’ नेपाल एयरलाइन्सकी प्रवक्ता अर्चना खड्काले भनिन्। निगम स्रोतका अनुसार चोरीको घट्नालाई प्रहरीले अनावश्यक रुपमा ठूलो बनाएर त्रास फैलाएको छ। ‘प्रहरीले चोरीमा संलग्न भएको व्यक्तिलाई पक्राउ गर्न यत्रो त्रास सिर्जना गर्नुपर्ने आवश्यकता थिएन।