२०८० चैत्र १६ , शुक्रवार

महामारीका कारण सुस्ताएको पर्यटन क्षेत्र फेरि जुरमुराउदै

सुनाखरी न्युज / काठमाडौँ- नेपाल पर्यटन बोर्डका अनुसार, सन् २०२२ को सात महीनामा दुई लाख ८२ हजार १२२ जना पर्यटक आएका छन्।

 

शुरूआतका चार महीनामा पर्यटकको सङ्ख्या बढेको भए पनि पछिल्लो तीन महीनामा भने केही घटेको छ। पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार, जुलाईमा ४४ हजार ४६२ जना विदेशी पर्यटक भित्रिएका छन्। जसमा छिमेकी देश भारतबाट १७ हजार २९९ जना र चीनबाट एक हजार ५९३ जना पर्यटक छन्।

 

पर्यटन बोर्डका अनुसार, जनवरीमा १६ हजार ९७५, फेब्रुअरीमा १९ हजार ७६६, मार्चमा ४२ हजार ६, अप्रिलमा ५८ हजार ३४८, मेमा ५३ हजार ६०८ र जूनमा ४६ हजार ९५७ पर्यटक आएका छन्।