२०८१ बैशाख १३ , बिहिवार

राष्ट्रिय सहकारी बैंक २० औं वर्षमा, २ अर्ब ९१ करोड चुक्ता पुँजी पुग्यो

सुनाखरी न्युज / काठमाडौँ । राष्ट्रिय सहकारी बैंक २० औं वर्षमा प्रवेश गरेको छ । २०६० सालमा सहकारी ऐन बमोजिम सञ्चालनका साथै राष्ट्र बैंकबाट बैंकिङ कारोबारको अनुमति पाएको बैंकले साउन १९ गते आफ्नो बैंकिङ कारोबारको सफलता पूर्वक १९ वर्ष पुरा गरेको हो ।

 

१९ वर्षे आफ्नो यात्रामा बैंकले सहकारी क्षेत्रलाई नै आफ्नो प्रमुख कार्यक्षेत्र बनाई २ अर्ब ९१ करोड रुपैयाँ चुक्ता पुँजी पु¥याउन सफल भएको छ । आर्थिक वर्ष २०७८/७९ को असार मसान्तसम्म संस्थाको कुल सम्पति ६० अर्ब पु¥याउन सफल बैंकले ७७ वटै जिल्लामा आफ्नो सदस्यता विस्तार गर्दै १५ हजारभन्दा बढी सहकारी संघ संस्थाहरुलाई आवद्ध गर्न सफल भएको छ । हाल राष्ट्रिय सहकारी बैंकका देशभर ६८ वटा शाखाहरु मार्फत सहकारी संघ संस्थाहरुलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गरिरहेको बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बद्रीकुमार गुरागाईंले बताए ।

 

बैंकको आन्तरिक सबलीकरण तथा सुशासन कायम गर्दै नवीनतम प्रविधिको प्रयोग, अन्तर्राष्ट्रिय सञ्जालीकरणमा प्रभावकारी उपस्थिती, गुणस्तरीय सेवामार्फत् सहकारी संघ÷संस्थाको दिगो विकासमा टेवा पुर्‍याउँदै सहकारीहरूको आन्तरिक सबलीकरण र व्यावसायिक सफलताका लागि बैंकले वित्तीय तथा गैर–वित्तीय सेवाहरु प्रदान गरिरहेको उनले बताए ।